१८ कात्तिक
यमपञ्चकको पाँचौं दिन आज भाइटीका दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरंगी टीका लगाएर मनाउँदैछन् ।टीकाका लागि उत्तम साइत ११ बजेर ३७ मिनेट तोकिएको छ ।
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाउँदछन् ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईले जानकारी दिनुभयो । टीका लगाउन जाने र आउनेको बिहानदेखि भिडभाड देख्न सकिन्छ भने माला र दाजुभाईका लागि कोशेली समेत बिहानैदेखि खरिद गरिरहेका छन् ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *