दाङ,९ असोज
मंगलबार अपरान्ह् साँढे ३ बजेतिर चट्याङमा परि घोराही उपमहानगरपालिका वडा नम्वर ११ खुङकोटमा ३ बर्षिय समिर साहुको मृत्यु भएको छ । एकैपरिवारका ३ जना मध्ये बालक समिरको मुत्यु भएको हो भने आमा ४२ बर्षिया निमकली साहु र छोरी ६ बर्षिया सविना साहु भने घाईते हुनुभएको छ । ढुङगा माटोले बनको,जस्तापाताले छाएको १ तले चार कोठे कच्ची घरमा हिजो मंगलबार अपरान्ह् चट्याङ परेको थियो । चट्याङ लागेर गम्भीर घाईते भएका ३ जना आमा छाोराछोरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि पुरयाएका थियो । उपचारका क्रममा समिरको आज बुधबार बिहान साँढे ८ बजेतिर मृत्यु भएको हो । भने आमा निमकली र छोरी सविनाको स्वास्थ्य अबस्था सुधार हुदै गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
चट्याङमा परि दाङमा छोराको मृत्यु, आमा र छोरी घाईते

