असोज ५
भोली असोज ७ गते (सेप्टेम्बर २३) का दिन मनाइने अन्तर्राष्ट्रिय सांकेतिक भाषाहरूको दिवस मनाईदैछ ।
यो दिवस तुलसीपुर स्थीत राप्ती बहिरा संघ लगायत देशभर सक्रिय यस्ता संघसंस्थाले मनाउन लागेका हुन ।
यदि सांकेतिक भाषा जानेका दोभाषेकर्ता भएमा बहिरा व्यक्तिले पनि अरूसरह आफ्ना कुरा राख्न सक्छन् भन्ने दिवसलक्षित यो कार्यक्रमको उदेश्य हो ।
संयुक्त राष्ट्र संघ (युएन) ले सन् २०१७ मा सांकेतिक भाषाहरूको दिवस मनाउने निर्णय गरेको थियो। युएनको उक्त निर्णयपछि सन् २०१८ सेप्टेम्बर २३ को दिनलाई सांकेतिक भाषाहरूको अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको हो।
सुनाइसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको पहिचान तथा सांकेतिक भाषाको महत्व, आवश्यकतालाई विश्वभर फैलाउन दिवसलाई महत्वपूर्ण मानिएको छ।
तथ्याङ्कअनुसार विश्वभर करिब ७ करोड मानिस सुनाइसम्बन्धी अपांगता भएका छन्। २०७८ को गनगणनाअनुसार नेपालमा ५१ हजार ३७३ नागरिकमा यस्तो खालको अपांगता छ। तथ्याङ्क विश्लेषणअनुसार नेपालमा ९ हजार ६५५ जनालाई सांकेतिक भाषा आवश्यक पर्दछ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *