लुम्बिनी, श्रावण २७
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको राजधानी रुपन्देहीबाट दाङ सार्न बजेटको प्रबन्ध र समग्र पूर्वाधार विकासमा केन्द्र सरकारको सहयोगको अपेक्षा गर्नुभएको थियो । मुख्यमन्त्री आचार्यसहित मन्त्रीहरुसँग आईतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री केपि शर्मा ओलीसँग उहाँले राजधानी शहर निर्माण गर्न कम्तीमा २५ अर्व बजेट सुनिश्चित गर्न माग गर्नुभएको छ । प्रदेश सरकारले राजधानी शहर निर्माणका लागि २० बर्षे योजना बनाएको छ । पहिलो पाँच बर्षको योजना सञ्चालन गर्न २५ अर्व बजेट प्रस्ताव गरिएको छ । त्यसका लागि सरकार ले बैदेशिक सहयोग,अनुदान,ऋण जे उपलब्ध गराउन सकिन्छ त्यसमा ध्यान दिन आग्रह समेत गरिएको छ । छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेललगायत सहभागी हुनुहुन्थ्यो ।
यसैबिच,पूर्वाधार विकासको क्रमसँगै उत्पादन र रोजगारी वृद्धितर्फ ध्यान केन्द्रित गर्न प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेश सरकारलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले उपयुक्त माटोमा उन्नत जातका बाली लगाएर कृषिलाई औद्योगीकरण गर्दै त्यसको बजार विस्तार गर्न सुझाव दिनुभएको हो ।
“अहिले समग्र अर्थतन्त्र ओरालो लागेको अबस्थाले भवन, कार्यालयलगायत भौतिक संरचना निर्माणमा खर्च गरेर तत्काल उत्पादन वृद्धि हुन नसक्ने उहाँले सुझाउनुभयो । ऊर्बर धर्ती, पानी र हावापानी छ, मेहनत गरेर उत्पादन र रोजगारी बढाउन सकिने धेरै आधारहरु छन्”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।
उहाँले अशुद्ध र विषादीयुक्त खाद्य पदार्थरतरकारी निर्यात र आयात नगर्न ध्यानाकर्षण गराउँदै जनतालाई स्वस्थ राख्न खाना स्वस्थ हुनुपर्ने भन्दै अशुद्ध र विषादीयुक्त खाद्य पदार्थ आयातरनिर्यातमा रोक लगाउने व्यवस्था गर्न सरोकार भएकालाई सुझाव दिनुभयो ।
अहिलेको समीकरण र सरकार मुलुकको विशेष अवस्थाका कारण बनेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यो सरकारले मुलुकमा विद्यामान समस्या पहिचान गरी समाधान निकाल्ने योजनासहित काम गरिरहेको बताउनुभयो । उहाँले हाल घाटा बजेटमा सरकार सञ्चालन भइरहेको भन्दै आफूहरुले छोडेर जाँदा यस्तो अवस्थाको अन्त्य गराउनेगरी काम गर्न सबैलाई आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले सरकार सञ्चालन गर्दा कसले कति भाग लिने भन्ने खालको विवाद नगरी सहमति, सहकार्य र जनताका लागि परिणाम दिने मुख्य विषयलाई ध्यानमा दिन आग्रह गर्नुभयो ।
राजधानी समग्र पूर्वाधार विकासका लागि लुम्बिनी प्रदेशद्धारा केन्द्र सरकारसँग बजेट माग

