ऐजेंसी , श्रावण २१

केहि समय देखिको द्वन्दका कारण हिंसा बढ्दै जादा ब्न्गलादेशिकी प्रधानमन्त्री शेख हसिनाले राजिनामा दिनुभएको छ | उहाको दिएको सेनाले जनाएको छ | 

देशबासीका नाममा केही बेर अघि सन्देश जारी गर्दै प्रधानसेनापति वाकेर उज जमानले शासनव्यवस्था लिएको घोषणा गर्नुभएको छ | 

उहाले प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएको पुष्टि गर्दै तत्कालै अन्तरिम सरकार गठन हुने पनि घोषणा गर्नुभएको हो | सैनिक कूसँगै प्रधानमन्त्री हसिनाको डेढ दशकको सत्तारोहण समाप्त भएको छ ।

कोटा प्रणालीको खारेजी माग गर्दै विद्यार्थीहरुले सरकारविरद्ध असहयोग आन्दोलन चर्किँदै गएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले सोमवारै देश छाडनुभएको छ |  प्रधानसेनापतिले धैर्य गर्न सबैमा अपिल गर्नुभएको छ | 

असहयोग आन्दोलन नाम दिएर चर्केको आन्दोलनका क्रममा आइतवारमात्रै कम्तिमा ९८ जनाले ज्यान गुमाएका थिए । सोमवार चार लाख भन्दा बढी प्रदर्शनकारीहरुले प्रधानमन्त्री, मन्त्री, सांसदहरुको घर र कार्यालय घेराउ गरेका थिए ।

एक महिनाअघि आन्दोलन शुरु भएदेखि हालसम्म कम्तिमा पनि ३०० जनाको मृत्यु भइसकेको छ । हालसम्म कम्तिमा ११ हजारजना प्रदर्शनकारी विद्यार्थी र राजनीतिक कार्यकर्ता गिरफ्तारीमा परेको बंगलादेशी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *