काठमाडौं,१९ साउन
राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द कार्यशाला (क्लोज क्याम्प) ले २०८१ असोज ३ र ४ गते राष्ट्रिय भेला गर्न केन्द्रीय समितिलाई सुझाव दिएको छ ।
शुक्रबार र शनिबार भएको बन्द कार्यशालाले २०८२ वैशाख तेस्रो साता राष्ट्रिय महाधिवेशन गर्न सुझाव दिएको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।
बन्द कार्यशालाले केन्द्रीय समितिलाई विभिन्न १५ विषयमा सुझाव दिएको छ । जिल्ला संयोजक, उपसंयोजक र निर्वाचन क्षेत्र समितिको संलग्नतामा जिल्ला भेला गरेर तदर्थ समिति गठन गर्न र विधान संशोधन सुझाव कार्यदलको प्रतिवेदन भदौ मसान्तभित्र तयार गरी राष्ट्रिय भेलामा पेश गर्न सुझाव दिएको छ ।
शासकीय स्वरुपका विषयमा पार्टीभित्र छलफल गरी संविधान संशोधनका बारेमा पार्टीको अवधारणा तयार गर्न, देशका गाउँदेखि विदेशका शहरसम्मका नेपालीसँग भेटघाट अभियानको सुरुवात गर्ने, स्थानीय तहमा छायाँ सरकार गठनको अभ्यास थालनी गर्न पनि बन्द कार्यशालाले सुझाव दिएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *