तुलसीपुर , १९ श्रावण
धानमा पानी सिंचाई गर्दा करेण्ट लागेर
तुलसीपुरमा एकजनाको मृत्यु भएको छ | उपमहानागरपालिका चपुवाडाडाका अन्दाजी ५६
बर्षीय बालाराम वलीलाई शनिबार बिहान करेण्ट लागेर मृत्यु भएको हो | घर नाजिकैको बारीमा रोपिएको धानमा मोटर चलाउदा पल्क मर्मत गर्दा केन्ट लागेको थियो | स्थानीयले गम्भीर अबस्थामा देखेपछि उहालाई राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याएको थियो | उहालाई चिकित्सकले मृत घोषणा गरेका थिए | वली प्राबि प्रिगाउ बिधालय ब्यबस्थापन समितिको अध्यक्ष हुनुहुन्थ्यो |
उहाका तिन छोरा , श्रीमती र एक छोरी हुनुहुन्छ | जेठ छोरा नबिन संचार क्षेत्रमा पनि आबद्व हुनुहुन्छ |

