११ साउन,बुटवल । 

रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको नेता फेर्ने प्रयास असफल भएको छ । रेशम पक्षले बुधबार नागरिक उन्मुक्ति पार्टीको तर्फबाट लुम्बिनी प्रदेश संसदीय दलको नेता फेरिएको भन्दै प्रदेश सभामा पेस गरेको निवेदनलाई प्रदेश सभाले मान्यता नदिएपछि दल नेता फेर्ने निर्णय असफल भएको हो ।

रेशम पक्षले राजकुमार चौधरी दलको नेता चयन भएको पत्र सभामुखलाई बुझाएको थियो । तर प्रदेश सभाले बिहीबार उपलब्ध गराएको दलगत विवरणमा संसदीय दलको नेतामा धर्मबहादुर चौधरी नै कायम हुनुहुन्छ ।  प्रदेश सभामा दलगत विवरणमा राजकुमार चौधरी प्रमुख सचेतक, नरमाया ढकाल सचेतक र निर्मलादेवी थारु प्रदेश सभा सदस्य हुनुहुन्छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *