रुकुम पश्चिम,श्रावण १

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर १२ बगरनजिक तातोपानी खोलाले घर बगाउँदा ३ जनाको ज्यान गएको छ । त्यस्तै सोही ठाँउको झिन्चौर खोलाले बगाएर १ जना बेपत्ता भएका छन् । आठबिसकोटमा बाढीले घर बगाउँदा ३ जनाको मृत्यृ, १ बेपत्ता भएका छन् । प्रहरीका अनुसार ८ वर्षीया हितमाया पुन, ५ वर्षीया धनिसा पुन र ४ वर्षीया मनिषा सार्कीको मृत्यु भएको हो । भने ४० वर्षीय डिल्ली बुढाथोकी बेपत्ता हुनु भएको छ ।
साथै सोही बाढीमा परेर १० वर्षीय विजय सार्की, २२ वर्षीया अनिसा पुन, २९ वर्षीय जनक खत्री, ६५ वर्षीया मनसरी पुन, ४ वर्षीय मेक्सन पुन, २० वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पना कामी घाईते हुनुभएको छ । घाईते ७ जनालाई उपचारका लागि नगर अस्पतालमा पुरयाएको नगर प्रमुख रवि केसीले जानकारी गराउनुभयो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *