छ महिनामा दाङमा १ सय ३७ मानवअधिकारका घटना

By Sushil Basnet १४ असार २०८१, बिहीबार ०६:४३ १४ असार २०८१, बिहीबार ०६:४३ १४ असार २०८१, बिहीबार ०६:४३

घोराही,आषाढ १३

६ महिनाको अवधिमा दाङमा १ सय ३७ वटा मानवअधिकार सम्बन्धी घटना भएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जिल्लामा अभिलेख गरिएका घटनाहरु सार्वजनिक गर्दै छ महिनामा १ सय ३७ घटना अभिलेख गरेको जनाएको छ ।
बितेको ६ महिनामा इन्सेकका अनुसार दाङमा सबैभन्दा बलात्कारजन्य घटना छन् । यसअवधिमा ५४ वटा घटना बलात्कारजन्य घटना भएका छन् ।
जसमा बलात्कारका ४७, बलात्कार प्रयासका २ र यौन दुव्र्यवहारका ५ वटा घटना भएका छन् । यी घटनामा ४ वर्षदेखि १७ वर्षसम्मका २८ वालिका बलात्कारमा परे भने ६६ वर्षसम्मका २ वृद्धा र १७ महिला बलात्कृत भएका छन् । बलात्कारजन्य घटनामा कुल ३३ वालिका पीडित भएका छन् ।
यो अवधिमा दाङमा ५४ वटा घरेलु हिंसाका घटना भएका छन् । जसमा सबैभन्दा धेरै पतिबाटै पत्नी हिंसामा परेको देखाएको छ । ९ वटा हत्याका घटना भए । जसमा ६ महिला पतिबाटै मारिएका छन् । त्यसमध्ये तीन महिला सुरक्षा निकायमै कार्यरतहरुबाट मारिएका छन् । कुटपिटका ३, धरपकडका १, जातीय विभेदका १, बालविवाहका ३, बहुविवाहका ४, हत्या प्रयासका १, बन्द हडतालका ५, सम्पत्ति आगजनीका १ गरी १ सय ३७ घटना अभिलेख गरिएको इन्सेकले जनाएको छ ।
इन्सेकले यी बाहेक मोही किसानको आन्दोलन, सहकारी र वैदेशिक रोजगारीका समस्या ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति तथा महिला बालबालिकामाथि उचित व्यवहार नभएको जनाएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *