सुदूरपश्चिम सरकारले सार्वजनिक नगर्दै बजारमा रातो किताब,काग्रेसको विरोध

असार १२
सुदुरपश्चिम प्रदेशले ल्याएको आउँदो आर्थिक वर्षको बजेट पुस्तिका (रातो किताब) आधिकारिक रुपमा सार्वजनिक नगर्दै बजारमा भेटिएको भन्दै नेपाली कांग्रेसले विरोध जनाएको छ ।
कांग्रेस प्रदेशसभा संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री कमलबहादुर शाहले आउँदो आर्थिक वर्षको बजेट पुस्तिका (रेडबुक) आधिकारिक रूपमा सार्वजनिक नहुँदै बाहिरिएको घटनामा सरकारको धारणा माग गर्नुभएको छ । शाहले सरकारको लापर्वाही र गैरजिम्मेवारीका कारण रेडबुक सार्वजनिक गरिएको आरोप लगाउँदै छानबिन समितिको माग गर्नुभयो । तर सत्तापक्षले त्यसको खण्डन गरेको छ ।
आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले सरकारले आधिकारिक रूपमा रातो किताब सार्वजनिक नगरेको जानकारी दिनुभयो । उहाँले रेडबुक बाहिरिएको भएमा थप आवश्यक छलफल गर्ने बताउनुभयो । गएको असार एक गते प्रदेशसभामा पेस गरिएको आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यक्रमको पुस्तिका (रातो किताब) प्रदेशसभा सदस्यलाई उपलब्ध गराइएको छैन । त्यस्तै प्रदेशसभामा आउँदो वर्षको बजेटमाथिको छलफल पनि शुरु हुन सकेको छैन ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *