सातवटै प्रदेश सरकारले आउँदो आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्दै

By Sushil basnet २ असार २०८१, शनिबार ०६:४६ २ असार २०८१, शनिबार ०६:४६ २ असार २०८१, शनिबार ०६:४६

असार १
सातवटै प्रदेश सरकारले आज आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन् । प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ । कोशी, मधेश, बाग्मती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारले बजेट ल्याउन लागेका हुन् । प्रदेश सरकारको बजेटमा पनि कृषि, पर्यटन, शिक्षा,स्वास्थ्य, भौतिक पूर्वाधार मुख्य प्राथमिकतामा पर्ने देखिन्छ ।
लुम्बिनी प्रदेश सरकारले पनि आज बजेट ल्याउँदैछ । दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले बजेट प्रस्तुत गर्ने कार्यसूची छ ।त्यस्तै कर्णाली प्रदेश सरकारको दिउँसो ३ बजेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले बजेट प्रस्तुत गर्नुहुनेछ ।

सुदूरपश्चिम प्रदेश सरकारले आज आउँदो आर्थिक वर्षको लागि बजेट सार्वजनिक गर्दैछ । बजेट प्रस्तुत गर्नअघि प्रदेशसभाको हिजोको बैठकमा आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले प्रदेशभित्रका समष्टिगत आर्थिक परिसूचक, खर्चको प्रवृत्ति, सामाजिक विकासका प्रमुख सूचकहरु समावेश गरिएको आर्थिक सर्वेक्षण प्रस्तुत गर्नुभएको थियो ।
कोशीमा नीति तथा कार्यक्रम प्रदेशसभामा बहुमतबाट पारित भैसकेको छ । प्रदेशको योजना आयोगले यसअघि आउँदो आर्थिक वर्ष २०८१र०८२ का लागि प्रदेश सरकारलाई ३५ अर्ब १७ करोड ३४ लाखको बजेट सिलिङ तोकेको थियो ।
त्यस्तै मधेश प्रदेश सरकारले बजेटका लागि दिउँसो ४ बजे प्रदेशसभाको बैठक बोलाएको छ । अर्थमन्त्री भरतप्रसाद साहले प्रदेशसभामा बजेट प्रस्तुत गर्नुहुनेछ । मधेश प्रदेश सरकारले झण्डै ३८ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने गरी तयारी गरेको छ ।

बाग्मती प्रदेश सरकारले पनि आउँदो आर्थिक वर्षका लागि चालु आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ६२ अर्ब रुपैयाँ बराबरको बजेट विनियोजन गरेको थियो ।
गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८१र८२ को वार्षिक नीति तथा कार्यक्रम हिजो बहुमतले पारित भएको छ । बजेटका लागि प्रदेशसभाको बैठक आज दिउँसो ४ बजेका लागि बोलाइएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *