सुशील बस्नेत
तुलसीपुर,२५ जेठ
लुम्बिनी प्रदेशका बिभिन्न जिल्लामा बस्दै आएका सिमान्कृत समुदायले आफूहरुको पहिचानमा सरकारले चासो नदिएको बताएका छन् ।
संवाद समुहले राप्ती उपत्यकाको भालुवाङमा शुक्रबार आयोजना गरेको लुम्बिनी प्रदेशको नीति योजना तथा बजेट निर्माणमा लक्षित वर्गको सहभागिताको सवाल बिषयक नीति संवादमा नेपालगन्जकी चिडियामार समुहकी सुनिता चिडियामारले भन्नुभयो,सिमान्कृत समुदाय भीत्र पर्ने यो समुदाय नेपालगन्जमा सिमीत रहेको छ । प्रदेश सरकारले कुनैपनि कार्यक्रममा समाबेश गर्दैन,हाम्रो कुरा कसले सुनिदेन उहाँले भन्नुभयो ।
बर्दियाका शान्ति सोनाहले भन्नुभयो, नदिमा सुन चाल्ने र माछा मार्ने हाम्रो समुदाय बर्दिया,कैलाली र कञ्चनपुरमा बस्दै आएका छौ, हाम्रो पहिचान हराउदै गएको छ, दलित समुदाय भनेर लेखिदिएका पाएको छौ, हामी दलित होईनौ ।
उक्त कार्यक्रममा कपिलबस्तुका नटुवा समुदायका पण्डीत नटुवा,दाङको प्रसेनीका कुमाल समुदायका प्रेम कुमाल,चमार समुदायका द्रोपदा चमार,गन्र्दभ समुदायका शालिक राम गन्र्दभ,बादि समुदायका निर्मल बादी हुनुहुन्थ्यो । लक्षित समुदायका जेष्ठ नागरिकका खुमानन्द अधिकारी,अपाङगता समुदायका हुमाकान्त कँडेल,मगर समुदायका मनबहादुर पुन र ईराधा झाक्री,थारु समुदायका लक्ष्मी चौधरी,यादव समुदायका जगतराम यादव लगायतले लक्षित समुदायलाई प्रदेश तहको योजना तथा बजेट निर्माण प्रक्रियामा सहभागिता बनाउनुपर्ने माग गर्नुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेस सभामा नेपाली काग्रेस संसदीय दलका प्रमुख सचेतक जन्मजय तिमिल्सीनाले योजना प्रक्रियामा सहभागि गराउन आफ्नो तर्फबाट नीतिगत सुधारमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
नेकपा एमाले प्रदेश सभासदस्य सिता चौधरी शर्माले संघियतामा नागरिकको भावनालाई सम्बोधन हुने गरि योजना निर्माण गर्नुपर्ने बताउनुभयो ।
सोही अवसरमा बक्ताका रुपमा रहनुभएको योजना आयोगका उपाध्यक्ष सरोज खनालले नीति निर्माण प्रक्रियामा लक्षित समुदायको सहभागिताको सुनिश्चता गरिएको छैन, भयो भने मात्र लक्षित समुदायको भावना सम्बोधन हुने बताउनभुयो ।
समाजिक बिकास मन्त्रालयका सचिब बिनोद खड्काले बजेटको कमि भएतपनि सबैलाई सोही अनुसार बजेट बिनियोजन गर्न चुनौति रहेको बताउनुभयो ।
लक्षित समुदायको तर्फबाट सम्बोधन गर्नुहुदै बादी समुदायका निर्मल नेपालीले प्रदेश तहको योजना निर्माण प्रक्रियामा भएको ब्यबस्थाको चरण ५ र ५ (क) र संबिधानको धारा १९३ अनुसार बिषयकगत समितिको सञ्जाल गठन गर्न सकिने बताउनुभयो ।
संबाद समुहका बरिष्ठ सहजकर्ता सुशील बस्नेतले सहजिकरण गर्नुभएको कार्यक्रममा बिषय प्रबेश सहजकर्ता बिक्रम खडकाले र समापन संवाद सदस्य,बरिष्ठ सहजकर्ता बिष्णुमणी धितालले गर्नुभएको थियो ।

