ब्रेकिङ न्युज
Sat. Apr 18th, 2026

नाउपाले सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई कारबाही

२१ चैत, धनगढी ।
नागरिक उन्मुक्ति पार्टी नाउपाले सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई कारबाही गरेको छ ।
पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई पदमुक्त गरेको पत्र प्रदेश सभामा पठाउनुभएको छ । पार्टीको निर्णय विपरीत सरकारमा किन गएको भनेर स्पष्टीकरण सोध्दा पनि जवाफ नदिएकाले हटाउने निर्णय लिएको श्रेष्ठले जानकारी दिनुभयो ।

रेशम चौधरी पक्षले मुख्यमन्त्री कमलबहादुर शाह सरकारमा मन्त्री पठाएको थियो । लगत्तै रञ्जिताले सरकारबाट तत्काल फिर्ता आउन संसदीय दलका नेता घनश्याम चौधरीलाई निर्देशन दिनुभएको थियो । तर नागरिक उन्मुक्ति पार्टीका ७ मध्ये ५ सांसद प्रदेश सरकारमा छन् । गिरी कृषि राज्यमन्त्री हुनुहुन्छ । श्रेष्ठले सरकारमा सहभागी अन्य नेताहरूलाई भने कारबाही गरेकी छैनन् ।
उहाहरू सबै प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ । नाउपाका ७ प्रदेश सांसदमध्ये गिरी र टीका थापा मात्र समानुपातिक हुनुहुन्छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *