ब्रेकिङ न्युज
Sat. Apr 18th, 2026

कर्णालीमा मुख्यमन्त्रीले राजीनामा नदिने,आज विश्वासको मत लिने

२१ चैत,सुर्खेत

नेकपा माओवादी कर्णाली प्रदेशसभा संसदीय दलको बैठकले मुख्यमन्त्री राजकुमार शर्माले आज बुधबार विश्वासको मत लिने निर्णय गरेको छ ।
माओवादी नेता तथा कर्णाली सरकारका प्रवक्ता कृष्णबहादुर जिसीले मुख्यमन्त्रीले आज बुधबार विश्वासको मत लिने र त्यसपछि केन्द्रमा सत्ता गठबन्धनमा भएको सहमति अनुसार अघि बढ्न सकिने जानकारु िदिनुभयो ।
सत्ता गठबन्धनको शीर्ष नेताहरुबीच कर्णालीमा एमालेले सरकारको नेतृत्व गर्ने सहमति भएको छ । तर मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिन मंगलबार प्रदेशसभाको बैठक बोलाइएको थियो ।
हिजो मंगलबार यस विषयमा एमाले र माओवादी केन्द्रका नेताहरुबीच दिनभरजसो छलफल भएको थियो । तर मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा नदिने अडान लिएपछि छलफल विना निष्कर्ष सकिएको थियो ।
त्यसपछि बसेको माओवादी संसदीय दलको बैठकले बुधबार विश्वासको मत लिने निर्णय गरेको हो । मंगलबार दिउँसो ३ बजे बोलाइएको प्रदेशसभा बैठक मुख्यमन्त्री शर्माले प्रदेशसभा सचिवालयलाई पत्र लेखेर बुधबार दिउँसो सार्नका लागि भन्नुभएको छ ।

लुम्बिनीमा मुख्यमन्त्रीले भोली विश्वासको मत लिने

राप्ती उपत्यका देउखुरी , २० चैत

केन्द्रमा सत्तासमीकरण फेरिएसँगै लुम्बिनी प्रदेश सरकारमा असर परेको छ । माओवादी केन्द्रले फागुन २३ गते समर्थन फिर्ता लिई सकेको छ । दुई वा दुईभन्दा बढी पार्टी मिलेर सरकार निर्माण भएकाले सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ ।
सोही अनुरुप मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले चैत २२ गते विश्वासको मत लिन लाग्नुभएको हो ।
प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेयका अनुसार बिहीबार ४ बजे विश्वासको मत लिने तयारी रहेको छ । त्यसका लागि प्रदेश सभा बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस पठाएको प्रवक्ता पाण्डेयले बताउनुभयो ।
लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका १० सभामुख बाहेक, राप्रपा र नागरिक उन्मुक्तिका चार–चारजना सांसद छन् । तर, राप्रपाका जानकीलाल यादव भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बित हुनुहुन्छ ।
जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीका तीन–तीनजना सांसद छन् भने एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक–एकजना सांसद छन् । एकजना स्वतन्त्र सांसद छन् । नयाँ गठबन्धनमा रहेका एमाले, माओवादी, जसपा र नेकपा एसका सांसद संख्या ४३ छ।
नागरिक उन्मुक्ति पार्टीभित्र विवाद भएकाले नयां गठबन्धनलाई समर्थन गर्ने अन्योल छ । अहिलेको अंक गणितमा कुनै त्यस्तो परिवर्तन नभएमा मुख्यमन्त्री चौधरीको पक्षमा बहुमत पुग्ने अवस्था छैन ।

गण्डकीमा मुख्यमन्त्रीले राजनीनामा दिने तयारी

२१ चैत,पोखरा
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज बुधबार राजीनामा दिने तयारी गर्नुभएको छ । हिजो मंगलबार कांग्रेस संसदीय दलको बैठकमा सांसदहरुले तत्काल विश्वासको मत प्राप्त गर्न सक्ने स्थिति नरहे मार्गप्रश्स्त गरेर जानु उत्तम विकल्प भएको बताएका थिए ।
केन्द्रमा सत्ता समीकरण फेरिएसँगै मुख्यमन्त्री पाण्डेले फागुन २३ गते माओवादीका मन्त्रीहरुलाई बर्खास्त गरेका थिए भने माओवादीले २३ गते समर्थन फिर्ता लिएको थियो ।
सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री पाण्डेले २२ गतेभित्र विश्वासको मत लिनुपर्छ । विश्वासको मत लिनु दुई दिनअघि प्रदेशसभा सचिवालयमा जानकारी गराउनुपर्ने प्रदेशसभा नियमावलीमा व्यवस्था छ ।
त्यसअनुसार मुख्यमन्त्री पाण्डेले मंगलबार दिउँसोम्म विश्वासको मत लिने जानकारी दिन प्रदेशसभालाई दिनुपर्ने थियो । तर विश्वासको मत प्राप्त गर्ने स्थिति नरहेकाले आज बुधबार मुख्यमन्त्रीबाट राजीनामा दिने उहाको तयारी छ ।
राप्रपाका २ र माओवादी केन्द्रको चुनाव चिह्न लिएर जितेका नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटाले समर्थन गर्न टुप्लुक्क बहुमत ३१ पुग्ने उहाको विश्लेषण थियो । तर राप्रपाले तत्काल समर्थन नगर्ने भयो भने माओवादीको ह्वीप लाग्ने भएका कारण देवकोटाले समर्थन गर्ने सम्भावना पनि कमजोर भएको नेताहरु बताउँछन् ।

त्यसैले अब राजीनामा दिने र अल्पमतको सरकार बनाउने रणनीतिमा जुटनुभएको छ ।
का छन् । आफूले राजीनामा दिएपछि ९एमाले–माओवादी० गठबन्धनको सरकार बन्न नसक्ने उनको विश्लेषण छ । त्यसपछि ठूलो दलको हैसियतमा कांग्रेसकै नेतृत्वमा सरकार बन्नसक्ने भन्दै उनले सांसदहरुको राय मागेका थिए ।
मुख्यमन्त्री पाण्डेले विश्वासको मत नलिई भोलि बुधबार मुख्यमन्त्री पाण्डेले राजीनामा दिएमा प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गर्नुहुने छ । अहिलेसम्म भइरहेको अभ्यासअनुसार बढीमा ३ देखि ५ दिनभित्र मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखले समय दिनसक्ने अनुमान कांग्रेसको छ ।
६० सदस्यीय प्रदेश सभामा एमालेका २२ र माओवादीका ७ सभामुख बाहेक सांसदले मात्र गठबन्धनको सरकार नबन्ने कांग्रेसको विश्लेषण छ ।
२ सांसद भएको राप्रपाको समर्थन पाएमा एमाले–माओवादी गठबन्धनले सहजै सरकार बनाउन सक्छ । एमाले र माओवादीले त्यसका लागि पहल पनि गरेका छन् । तर २७ चैतमा काठमाडौंमा प्रदर्शनको तयारीमा जुटेको राप्रपाले गण्डकी प्रदेशमा सरकार बनाउन सघाउने सम्भावना छैन बराबरकै अवस्थामा छ । राप्रपा तटस्थ बस्नासाथ संविधानको धारा १६८ (२) बमोजिम सरकार बनाउन एमाले–माओवादीले सक्दैनन् ।

त्यो अवस्थामा प्रदेश प्रमुखले १६८ (३) बमोजिम प्रदेश सभाको सबभन्दा ठूलो दलको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नुपर्नेछ । गण्डकीमा कांग्रेस २७ सांसदसहित सबभन्दा ठूलो दल हो । त्यसैले अल्पमतको सरकार बनाउने सबभन्दा उत्तम विकल्प देखिएको सांसदहरुले बताएका छन् ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *