ब्रेकिङ न्युज
Sat. Apr 18th, 2026

काठमाडौं,४ चैत

पीसीएल र बीएस्सी नर्सिङ तर्फको नाम दर्ता लाइसेन्स परीक्षामा ७० प्रतिशत उत्तीर्ण भएका छन् । नेपाल नर्सिङ परिषद्ले शनिबार सञ्चालन गरेको परिक्षामा ४ हजार ५६७ जना सहभागि भएका थिए । ति मध्ये ३ हजार २५५ जना ७१.२७ प्रतिशत उत्तीर्ण भएका छन् ।
परिषद्का रजिष्ट्रार शुक्ला खनालका अनुसार बीएस्सी नर्सिङ तर्फ ४४५ सहभागी भएकोमा २६८ जना ९ ६०।२२ प्रतिशत उत्तीर्ण भएका छन् । दुबै तहको कुल उत्तीर्ण प्रतिशत एकीकृत गर्दा भने ७०.२९ रहेको छ ।
परिषद्ले लिएको यो पीसीएल तर्फको ३५ औँ नाम दर्ता परीक्षा हो भने बीएस्सी तर्फ पाँचौँ नाम दर्ता प्रमाणपत्र परीक्षा हो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *