शैक्षिक सुधारका लागि स्थानीय सरकारसँग समन्वय हुनुपर्ने -संस्थापक मुख्यमन्त्री पोख्रेल

By Sushil Basnet ३ कार्तिक २०८०, शुक्रबार ०६:५० ३ कार्तिक २०८०, शुक्रबार ०६:५० ३ कार्तिक २०८०, शुक्रबार ०६:५०

तुुलसीपुर,३ असोज

लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोख्रेलले शैक्षिक संघ संस्थाहरुले स्थानीय तहको सरकारसँग नजिकको सम्बन्ध राख्नुपर्ने सुझाउनुभएको छ ।
मेघा स्कुलको रुपमा बिकास गर्दै गएको माध्यामिक बिद्यालय तुलसीपुर सेन्टरको थप आठ कोठे प्रशासकिय भवनको उद्घाटन कार्यक्रममा सम्बोधन गर्नुहर्दै पोख्रेलले भन्नुभयो,शैक्षिक सुधारको लागि पहिलो खुडकिलो आधारभूत कक्षाहरु बलियो बनाउनुपर्छ ।
प्राबिधिक धारका लागि बिषयगत शिक्षा सञ्चालन गर्न स्थानीय तह सँग योजना बनाउन सके योजना बनाउन सकिने र सोही योजनाबाट नीति रणनीति बन्नेमा उहाँले जोड दिनुभयो ।
त्यसको लागि बिद्यालयको नेतृत्व तहले स्थानीयतहसँग समन्वयकारी ढंगको भूमिका खेल्नुपर्ने बताउनुभयो ।
नेपाल सरकारको १ करोड रुपैया अनुदान रकम र २ लाख ५९ हजार ५६ रुपैया बिद्यालयको लागत गरि कुल १ करोड,२ लाख ५९ हजार ५६ रुपैयामा निर्माण कार्य निर्माण सम्पन्न भएको बिद्यालयका प्रधानाध्यापक भागवत पौड्ेलले जानकारी दिनुभयो ।
प्रधानाध्यापक पौडे्लले ड्रोईङ ल्याव १ कोठा ,ईन्जीनियरीङ २ कोठा,बिज्ञान ल्याव १ कोठा, पुस्तकालय १ कोठा ,एसी सहितको स्मार्ट क्लास १ कोठा र सीसीटिभी संख्या ७० वटा रहेको सुनाउनुभयो ।
हाल सम्म बिद्यालयको कक्षा ९,१० र १२ को औसत शैक्षिक उपलब्धी तुलसीपुर उपमहानगरपालिकाकै भएको, २०७२ सालदेखि उच्च शैक्षिक उपलब्धीबाफत २ लाख रुपैया प्राप्त गरेको,आर्थिक बर्ष २०७९ ÷८० मा ब्यबस्थापकिय तथा उत्कृष्ठ शैक्षिक सुधार बाफत ५ लाख शिक्षा बिभागबाट प्राप्त गरेको प्र.अ. पौड्ेलले बताउनुभयो ।
प्राबिधि तर्फ सूचना प्रबिधि डिप्लोमा तर्फ हाल सम्म ८० प्रतिसतभन्दा बढि प्रथम श्रेणीमा उर्तिण भई नेपालकै उत्कृष्ठ नतिजा प्राप्त गरेको र बिद्यालयको औषत शैक्षिक उपलब्धी जीपीए २ दशमलव ८१ प्रतिसत प्राप्त गरेको सो अवसरमा उहाँले जानकारी गराउनुभयो ।
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले मेघा बिद्यालय अन्तर्गत गुरु जजुर उच्च माध्यामिक बिद्यालय रक्षाचौर,मेट्रो कलेज र माध्यामिक बिद्यालय तुलसीपुर सेन्टरले शैक्षिक गुणस्तर र भौतिक पूर्वाधारमा फडको मार्दै गएको बताउनुभयो ।
पत्रकार एव अधिकारकर्मी सुशील बस्नेतले माध्यामिक बिद्यालय तुलसीपुर सेन्टरले २०६६ सालदेखि बिद्यालयको सुधार गरेको चर्चा गर्नुभयो । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष लिखतराम पौड्ेलको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण सहायक प्रधानाध्यापक भोला पौड्ेलले गर्नुभएको थियो ।
कुल बिद्यार्थी संख्या २ हजार ५ सय ५ जना भर्ना भएका छन् । जस अन्गर्तत शिशु देखि कक्षा १२ सम्म १ हजार ९ सय ४४ जना बिद्यार्थीले अध्ययन गर्ने गरेका छन् । प्राबिधिक तर्पm ५ सय ६० जना र प्राबिधिक प्रि डिप्लोमा तर्फ १ सय ७० जनाले निशुल्क अध्ययन गर्ने अवसर प्राप्त गरेका छन् । नयाँ शैक्षिक सत्रको भर्ना समयमा बिद्यार्थीको अधिक चाप हुने गर्दछ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *