विराटनगर,१ कार्तिक
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा भारी मत परेको छ ।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार नियुक्त भएका प्रदेशसभामा बुधबार भएको मतदानमा विश्वासको मतको प्रस्तावको पक्षमा ८६ मत र विपक्षमा ५ मत परेको हो ।
तर, कार्कीले भारी विश्वासको मत पाइरहँदा प्रदेशसभामा रहेका दलहरुमा भने एक अर्काबीच अत्याधिक अविश्वास देखिएको छ । जुन मुख्यमन्त्रीले विश्वासको मत पाएपछि प्रदेशसभा परिसरमा संचारकर्मीलाई दिएको प्रतिक्रियाले पनि प्रष्ट पारेको छ ।
माओवादीलाई सरकारमा सहभागी गराउनै हुँदैन भन्ने एमालेको अडान र एमालेलाई सरकारमा किन बसेको तुरुन्त निस्क भन्ने माओवादीलाई मिलाउने चुनौती मुख्यमन्त्री कार्कीलाई देखिन्छ । किनकि मुख्यमन्त्री कार्कीले बुधबार एमालेका ३९, नेपाली कांग्रेसका २९, नेकपा माओवादीका १३, नेकपा (एकीकृत समाजवादी)का ४ र जसपाका १ सांसदले विश्वासको मत दिएका छन् ।