लुम्बिनी ,१ कार्तिक


लुम्बिनी प्रदेशमा अब अस्पताल बिकास समिति हुने छैनन ।
लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेशभरीका अस्पताल विकास समिति खारेज गर्ने तयारी अनुसार कानुन पारित गरेको हो ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं गृहमन्त्री सन्तोष पाण्डेले अस्पताल विकास समिति खारेज गर्न कानुन ल्याइएको बताउनु भयो ।
‘आजको मन्त्रिपरिषद् बैठकमा अस्पताल विकास समिति खारेज गर्ने गरी कानुन पास गरिएको गृहमन्त्री पाण्डेले भन्नुभयो ।
एमाले नेता लिला गिरी नेतृत्वको लुम्बिनी प्रदेश सरकारले गएको वैशाख ४ गतेको मन्त्रिपरिषद् बैठकबाट प्रादेशिक अस्पतालहरूमा ४ वर्षका अध्यक्ष र एक एक जना सदस्य नियुक्त गरेको थियो।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *