असोज ३०
मंगलबार उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ । पश्चिमी वायुको प्रभावका कारण देशका केही ठाउँमा पानी परेको छ हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हिमपातका कारण अन्नपूर्ण पदमार्गमा पदयात्रामा हिँडेका आन्तरिक एवम् बाह्य पर्यटक समस्यामा परेका छन् ।
मुस्ताङ, मनाङ, उपल्लो डोल्पा लगायतका क्षेत्रमा हिमपात भइरहेको छ ।
यस्तै हिजो (साेमवार) र आज (मङ्गलवार) देशका केही ठाउँमा पानी परे पनि भोलि (बुधवार) देखि मौसम सफा हुने महाशाखाले जनाएको छ ।