ब्रेकिङ न्युज
Sat. Apr 18th, 2026

बबई हंसपुर ,७ फागुन


बबई गाँउपालिकामा महिलाहरुलाई सचेतना तथा अभिमुखिकरण तालिम दिन शुरु गरिएको छ । लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा पश्चिम दाङका महिलालाई महिला अधिकार प्राप्तीका लागि गरिएका संघर्ष,नेपालको संबिधानमा महिला अधिकारको ब्यबस्था,प्राप्त अधिकारलाई कार्यान्वयन गर्न खेल्नुपर्ने भूमिका,अधिकार र कर्तब्य लगायतका बिषयमा समबेश गरि तालिम दिन शुरु गरिएको महिला सशक्तिकरण एवम समाज बिकास नेपालका अध्यक्ष दिपा केसीले जानकारी दिनुभयो । समाजिक बिकास मन्त्रालय अन्तर्गतको आर्थिक सहयोगमा वडा नम्वर २,३,४,५ र ६ मा महिला सचेतना तथा अभिमुखिकरण कार्यक्रम संचालन गरिएको छ । तालिम आईतबारदेखि शुरु गरिएको छ भने सोमवार ववई गाँउपालिका वडा नम्वर २ का बिभिन्न टोलका ४१ बढि महिलाहरुलाई महिलाहरुलाई सचेतना तथा अभिमुखिकरण तालिम दिन शुरु गरिएको हो ।
संस्थाका अध्यक्ष दिपा केसीको अध्यक्षतामा २ दिने तालिमको शुरुवात गरिएको छ । तालिम उद्घाटन कार्यक्रममा वडा नम्वर २ का अध्यक्ष टेकबहादुर वलीले पश्चिम दाङ बिकासको दृष्टिकोणले अन्य क्षेत्रभन्दा कम्जोर भएपनि क्रमश बिकासले गति लिन थालेको बताउनुभयो । नागरिक सचेत हुनुपर्ने भएकाले यस क्षेत्रका महिलाहरुलाई सचेतना तथा अधिकार र कर्तब्यको बारेमा जानकारी दिने उदेश्यले गरिएको तालिमले उपलब्धि हासील गर्ने बिश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा वडा नम्वर २ का सदस्य तुलसीराम घर्ती, वडा सदस्य प्रेमा बुढाथोकी,वडा सदस्य टिकाराम खत्रीले यस क्षेत्रका महिलाहरुलाई अधिकार र कर्तब्यका बारेमा जानकारी गराउने उदेश्यले सञ्चालन गरिएको तालिमले केही न केही फाईदा पुग्ने बिश्वास ब्यक्त गर्नुभयो ।
तालिम उद्घाटन कार्यक्रममा संस्थाका सचिव अन्जु घर्तीले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो भने सहजिकरण सदस्य वलीराम वलीले गर्नुभएको थियो । तालिमको प्रशिक्षकमा सुशील बस्नेत हुनुहुन्छ ।
यस्तै उक्त संस्थाले वडा नम्वर १,२,३,४,५ र ७ का बिभिन्न स्थानमा ब्यबसायिक सिलाई कटाई तालिम पनि सञ्चालन गरेको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *