ब्रेकिङ न्युज
Sat. Apr 18th, 2026

महेन्द्रनगरको बस कपिलवस्तुमा दुर्घटना हुँदा १० को मृत्यु ३० घाइते

कपिलबस्तु,३ फागुन

पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ ।
सुदुरपश्चिमको महेन्द्रनगरबाट काठमाडौंका लागि छुटेको सु प प्र ०२-००१ ख ००९८ नम्बरको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको हो ।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालका अनुसार कम्तीमा ३० जना घाइते भएका छन् । त्यसमध्ये ९ जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ भने अरु घाइतेको चन्द्रौटामै उपचार भइरहेको छ ।
काठमाडौ जाँदै गरेको सुनौलो महाकाली यातायातको बस राति २ बजेतिर सडकबाट २०० मिटर तल खसेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रदेश कार्यालय बुटवलले जनाएको छ ।
घटनाको थप विवरण आउन बाँकी छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *