माघ २८
कर्णाली प्रदेशमा पार्टी सुद्धिढीकरणका लागि हिड्ेका नेकपा एमालेका महासचिब शंकर पोख्रेलको गाडी दुर्घटना भएको छ ।
शनिबार सुर्खेतबाट दैलख तर्फ जादै गर्दा उहाँ सवार म १ च ३६९ नम्वरको गाडी दैलेखको डुंगेश्वर गाँउपालिका वडा नम्वर १ चुप्रा नजिकै दुर्घटना भएको नेकपा एमाले श्रोतले जनाएको छ । नेकपा एमाले दैलेखको आठौ जिल्ला अधिबेसन उद्घाटन समारोहलाई सम्बोधका लागि जादै गर्दा उहाँ दुर्घटनामा पर्नुभएको हो । घाईते अबस्थामा रहेका पोख्रेले दैलेखको जिल्ला अधिबेसनमा कार्यकर्तालाई सम्बोधन गर्नुभएको थियो । उहाँ सवार गाडीमा पार्टीका केन्द्रीय सदस्य दीपा शर्मा र प्रदेश सचिव ध्रुव शाही र पार्टी प्रदेश कमिटि उपसचिव पद्मा खड्का पनि घाईते हुनुभएको छ । घाईते भएका पोख्रेलको उपचारलाई राजधानी काठमाण्डौ पुरयाएको छ । पोख्रेलको काठमाण्डौ स्थीत ट्रमा सेन्टरमा उपचार भईरहको र स्वास्थ्य अबस्था खतरामुक्त भएको पाटी श्रोतले जनाएको छ ।

