ब्रेकिङ न्युज
Fri. Apr 17th, 2026

राम्रो अनुसन्धान भए औंलामा गन्न सकिने नेता बाँकी रहन्छन् – रवि लामिछाने

२० माघ, अर्घाखाँची ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालमा राम्ररी अनुसन्धान गर्ने हो भने अहिलेका अधिकांश नेता जेल पर्ने दावी गर्नुभएको छ ।
अर्घाखाँचीको सन्धिखर्कमा शनिबार पार्टीले गरेको आमसभालाई सम्बोधन गर्दै लामिछानेले अहिले सेटिङ मिलाउन नसक्नेहरुमात्रै जेल गएको टिप्पणी गर्नुभयो । ‘छातीमा आँट भएको मान्छेले अनुसन्धान गर्ने हो भने औंलामा गन्न मिल्ने नेता पनि बच्दैनन् यो देशमा म तपाईंलाई ग्यारेन्टीका साथ भन्न चाहन्छु’,यहाले भन्नुभयो ।
पुराना दलहरुबाट देश परिवर्तन होला भनेर वर्षौंदेखि कुरे पनि उनीहरु भागबन्डा र सेटिङमा लागेकाले जनताले विकल्प खोजेको लामिछानेले बताउनुभयो ।
अब हुने चुनावमा रास्वपालाई वहुमत दिएमा देशलाई एक नम्बर बनाउने दावी गर्दै उहाले बनाउन नसके राजनीति नगर्ने बताउनुभयो । अहिलेको सरकार भ्रष्ट र बेथितिको चाङ बोकेको हुंदा पुरै कार्यकालसम्म बोक्ने कि नबोक्ने भन्ने प्रश्न उठेकाले जुनसुकै बेला हुने चुनावमा बहुमत पाउने गरी पार्टी अघि बढेको लामिछानेको भनाइ छ ।
‘नक्कली भुटानी शरणार्थी प्रकरणमा अर्घाखाँचीबाट निर्वाचित सांसद तथा एमालेका सचिव टोपबहादुर रायमाझी पुर्पक्षका लागि थुनामा रहेका कारण निलम्बित अवस्थामा हुनुहुन्छ । लामिछानेले अहिले अर्घाखाँची जनप्रतिनिधिविहीन भएको टिप्पणी गर्दै यो जिल्लाको आवाज पनि आफ्नो पार्टीले संसदमा उठाउने बताउनुभयो ।
गएको निर्वाचनमा आफू र आफ्नो दलविरुद्ध सत्ता गठबन्धन नै लागेपनि ५ महिनाको छोटो अवधिमै चौथो शक्ति भएको भन्दै लामिछानेले अबको चुनावमा पहिलो शक्ति बन्ने दोहोर्‍याउनुभयो ।
अहिलेको सरकारले विभिन्न भ्रष्टाचार र अनियमितताका काण्डमा सुरूसुरूमा काम गरेजस्तो गर्ने तर टुंगो नलाग्दै राजनीतिक दबाबमा ढाकछोप गरेको उहाले आरोप लगाउनुभयो ।
राजनीतिमा अब युवा हस्तक्षेपको आवश्यकता रहेको भन्दै उनले इमान्दारको हातमा राजनीति जानुपर्ने आफ्नो पार्टीको मान्यता रहेको बताउनुभयो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *