प्रबृत्ति शाह
तुलसीपुर, जेठ ६
अपांगताको क्षेत्रमा काम गर्ने प्रयत्न नेपालले तुलसीपुर उपमहानगरपालिकाका दृष्टिबिहीन र बहिरा महिला र बालिकाहरुको डिजीटल प्रबिधिमा पहँुचको कार्यक्रम गर्ने भएको छ ।
बुधबार तुलसीपुरमा परियोजनाको बारेमा जानकारी दिने उदेश्यले आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष सरिता लामिछानेले दृष्टिबिहीन महिला र बालिको लागि डिजिटल पहुँच र आधुनिक प्रबिधिमा पहुँच प्रबद्र्धन गरेर सुचना,सञ्चार र ज्ञान शिक्षामा पहुँचलाई सुद्धढ पारिने जानकारी दिनुभयो ।
त्यस्तै, दुब्र्यबहार र हिंसा बिरुद्ध लडन र न्यायमा पहँुच प्राप्त गर्न दृष्टिबिहिन महिला र बालिकहरुको क्षमतालाई सुद्धढ बनाउने अर्को उदेश्य रहेको दृष्टिबिहीन समेत रहनुभएकी अध्यक्ष लामिछानेले बताउनुभयो । उृहाँले भन्नुभयो परिवार,समाज र राज्य संयन्त्रको निर्माण प्रक्रियामा दृष्टिबिहीन महिला र बालिकाहरुको अर्थपूर्ण सहभागितालाई सुदृढ पार्ने र क्षमता अभिबृद्धि,वकालत,नेटवर्किङ र ब्यक्तिगत सहयोग मार्फत दृष्टिबिहीन परिवारहरुको आर्थिक बिकासका लागि नीति संवाद गरिने छ । १८ महिनाका यो परियोजना तुलसीपुर उपमहानगरपालिकामा लागु हुने अध्यक्ष लामिछानेले बताउनुभयो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खडकाले डिजिटल प्रबिधिको सहि प्रयोगले प्रयोगकर्ताको लागि बरदान साबित हुने बताउनुभयो । तर गलत ढंगले प्रयोग गर्दा हिंसादेखि अपराधिक घटना हुने बताउनुभयो । उहाँले भन्नुभयो, तुलसीपुर उपमहानगरपालिकाको मिसन डिजिटल युक्त उपमहानगरपालिका जेन्जी आन्दोलनका कारण बे्रक हुन पुग्यो । तर यो परियोजनाले उपमहानगरपालिकाको मिसन पुरा गर्न मद्धत गर्ने बिश्वास ब्यक्त गर्नुभयो ।
अपाङगता भएकी दुर्गा पराजुलीले डिजीटल प्रबिधिको ब्यबस्था नहुदा अस्पतालदेखि सरकारी सेवा लिन निकै समस्या हुने गरेको दुखेसो गर्नुभयो । बिशेषगरि सरकारी सेवा प्रबाहमा जादा प्रबिधि बिनाको सेवा अन्धकारमा गएझै हुने गरेको पराजुलीको भनाई छ ।
पत्रकार एबम मानव अधिकारकर्मी सुशील बस्नेतले अपाङगता भएका ब्यक्तिका लागि डिजिटल प्रबिधि बरदान साबित हुने बताउनुभयो । प्रबिधिको पँहुच युक्त गराउन सके निकै ठुलो लाभलिन सक्ने अपेक्षा ब्यक्त गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय अपाङ महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष अजय शर्मा, राष्ट्रिय अपाङ महासंघका केन्द्रीय सदस्य बसन्ती वली, ओरेक नेपालका पुजा बिक, बहिरा अपाङवता भएकी रुपमा बि.क. लगायतले बिभिन्न सुझाब दिनुभएको थियो ।
कार्यक्रमको सहजिकरण राप्ती बहिरा संघका निर्देशक प्रतिमा शर्माले गर्नुभएको थियो ।

