दाङ, २ जेठ

दाङ भ्याली यातायात प्रालिको उपाध्यक्षमा लाल बहादुर बुढाथोकी चयन हुनुभएको छ । संस्थाको नियमित तथा समीक्षात्मक बैठकले उपाध्यक्षमा बुढाथोकीलाई चयन गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले केन्द्रीय कार्यालयमा दुई जना कर्मचारीहरू थप गर्ने निर्णय गरेको छ । संस्थाको प्रसाशन सहायकमा राधिका हमाल र फिल्ड सहायकमा धनसरा वलीलाई नियुक्त गर्ने निर्णय गरिएको संस्थाका अध्यक्ष महेन्द्र महराले जानकारी दिनुभयो । यातायात क्षेत्रमा लामो समय देखि काम गरिरहेका अनुभवी व्यक्तिहरू संस्थाको विभिन्न पदहरूमा रहँदा संस्थाको विकासमा टेवा पुने अपेक्षा गरिएको उहाँले बताउनु भयो ।
संस्थाले ग्राहकहरुका लागि अनलाइन राइडिङ सुविधा उपलब्ध गराउने प्रक्रिया अघि बढाएको जनाएको छ । व्यवसायीहरुलाई डिजिटल प्रविधि मैत्री बनाउन प्रत्येक अटोमा अब क्युआर स्क्यान राख्ने निर्णय समेत भएको संस्थाका संरक्षक बेत प्रकाश वलीले जानकारी दिनुभयो ।
व्यावसायिक एकता कायम गर्न र संस्थालाई मजबुद बनाउन गत महिना मात्रै दाङका दुईओटा संस्था सार्वजनिक मालिका कालिका यातायातलाई दाङ भ्याली यातायात प्रा.लिमा मर्ज गरिएको थियो । अहिले संस्थाले दाङको तुलसीपुर, घोराही, लमही र हापुर क्षेत्रमा सेवा दिँदै आएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *