ब्रेकिङ न्युज
Sun. Apr 19th, 2026

३४ वर्षपछि डडेलधुरामा फेरिए कांग्रेस उम्मेदवार, देउवाको ठाउँमा नैनसिंह महर

माघ ६ गते

२०४८ साल देखि ३४ बर्ष सम्म डडेलधुरामा कांग्रेसका एउटै उम्मेदवार शेरबहादुर देउवाले निर्वाचन जित्दै आएको निर्वाचन क्षेत्रमा यसबर्ष नैनसिंह महरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
कांग्रेस संसदीय बोर्डको बैठकले महरलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
पूर्वप्रधानमन्त्री देउवा यसपटकबाट चुनाव नलड्ने भएपछि महरले टिकट पाउनुभएको हो ।
महर कांग्रेसमा देउवा पक्षकै नेता हुनुहुुन्छ । महर नेविसंघको केन्द्रीय अध्यक्ष भइसकेका व्यक्ति हुनुहुन्छ । उहा नेपाली काग्रेसको निवर्तमान केन्द्रीय सदस्य पनि हुनुहुन्छ ।
दाङ क्षेत्र नम्वर ३ मा ने.का.का गिरी
नेपाली काग्रेसका निवर्तमान केन्द्रीय सदस्य दिपक गिरीले टिकट पाउनु भएको छ । जिल्ला सभापति शंकर डाङी र गिरी बिच टिकटको रस्साकसी भएको थियो । निवर्तमान प्रतिनिधी सभा सदस्य समेत रहेका गिरीले पून ः टिकट प्राप्त गर्न सफल हुनुभएको हो ।
कांग्रेस सभापति गगन थापा सर्लाही–४ बाट चुनाव लड्ने
नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवारी दिदै हुनुहुन्छ । आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि सभापति थापाले निर्वाचिन क्षेत्र परिवर्तन गर्नुभएको हो । यसअघि तीनपटक काठमाडौं–४ बाट उनले चुनाव जित्दै आउनुभएको थियो ।
शेखर कोइराला मोरङ–६ र गुरु घिमिरे मोरङ–४ मा उम्मेदवार
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले मोरङका ६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरू टुंगो लगाएको छ ।
कांग्रेस संसदीय बोर्डले मंगलबार बिहान मोरङका ६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरू टुंगो लगाएको हो । कांग्रेसका अनुसार मोरङ–१ मा खड्ग फागो, निर्वाचन क्षेत्र नम्बर २ मा डा. मिनेन्द्र रिजाल,क्षेत्र नम्बर ३ मा डा. सुनिल शर्मा, क्षेत्र नम्बर ४ मा नवनिर्वाचित महामन्त्री गुरूराज घिमिरे,५ मा फूलकुमार लावती र डा. शेखर कोइराला मोरङ–६ बाट निर्वाचन लड्दै हुनुहुन्छ ।
पाल्पा २ मा एमालेका ठाकुर गैरेले नै पाए टिकट
पाल्पा क्षेत्र नम्बर २ मा नेकपा एमालेले ठाकुर गैरेलाई नै प्रतिनिधि सभा सदस्य निर्वाचनको टिकट दिएको छ । नेकपा एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्तिका अनुसार आज बिहान मात्रै प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले गैरेको टिकट लिएर पाल्पा आउँदै गरेको जानकारी दिनुभयो । ‘बिहानसम्म राम बहादुर राउतको टिकटको फाइनल थियो ।अहिले केहीबेरमा अध्यक्षले गैरेको टिकट लिएर आउनु भएको छ,’घर्तीले भन्नुभयोे । ठाकुर गैरेले पनि आफूले टिकट पाएको बताउनुभयो । यसअघि गत शनिबार बेलुका पाल्पा २ बाट एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल उम्मेद्वार बन्ने निर्णय भएको थियो । आइतबार एकल सिफारिस भएको रूपन्देही २ बाटै पौडेललाई उम्मेदवार बनाउने निर्णय भएपछि पाल्पा २ मा राम बहादुर राउतले टिकट पाउनुभएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *