ब्रेकिङ न्युज
Sat. Apr 18th, 2026

गोरखा स्कुलको १५ औ वार्षिकोत्सव भब्य समारोहका बिच सम्पन्न

१९ पुस

गोरखा माध्यमिक विद्यालय तुलसीपुरले १५औँ वार्षिकोत्सव बिबिध कार्यक्रम गरि मनाएको छ । शुक्रबार लुम्बिनी प्रदेश सभाका सभामुख तुलराम घर्तीमगरको प्रमुख आतिथ्यतामा बार्षिकउत्सब बिशेष समारोह सम्पन्न गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै सभामुख घर्तीमगरले गोरखा स्कुलले शैक्षिक उन्नयनमा खेलेको भूमिकाका बारेमा चर्चा गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा अभिभावकलाई मुख्य गरेर बालबालिकाको समग्र विकासका लागि डिजिटल एडिक्सन र लागूऔषध दुव्र्यसनीको समस्या बारे दुई सन्देश दिएको छ ।
शुभकामना मन्तव्यमा प्रस्तुत हुने क्रममा शिक्षक डम्बर डाँगीले खास गरी विद्यार्थीमा मोबाइलको कुलतले पार्ने प्रभावबारे अभिभावकलाई बताउनुभयो ।
लालमटियाको स्कुलका प्राचार्य वसन्त पुनले लागूऔषध दुब्र्यसनको बिषयमा चर्चा गर्नुभयो । पुनले विशेष गरी विद्यालयमा विद्यार्थीहरू लागूऔषधको कुलतमा फस्ने उमेर समूह भनेको कक्षा ६ देखि कक्षा १२ सम्म अध्ययन गर्ने समुहका रहेको बताउनुभयो ।
अध्ययनरत बिद्यार्थीहरुले बिज्ञान प्रदर्शनी देखि सांस्कृतीक प्रस्तुति प्रर्दशन गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य एकेडमिक डिरेक्टर दुर्गा केसीले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण शिक्षक पूर्णविक्रम डाँगीले गर्नुभएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *