नेपालमाथि वेस्ट इन्डिजको अन्तिम खेलमा शानदार जित

By Sushil Basnet १५ आश्विन २०८२, बुधबार ००:५१ १५ आश्विन २०८२, बुधबार ००:५१ १५ आश्विन २०८२, बुधबार ००:५१

असोज १४ गते

यूएईमा जारी युनिटी कप टी २०आई शृंखलाको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिजसँग १० विकेटले पराजित भएको छ ।
नेपालले दिएको १२३ रनको लक्ष्य वेस्ट इन्डिजले १२.२ ओभरमै कुनै विकेट नगुमाई पुरा गरेको हो । नेपाल १९.५ ओभरमा १२२ रनमा अलआउट भभएको थियो । नेपाललाई वेस्ट इन्डिजले १० विकेटले हराएको हो ।
ओपनर अमिर जांगुले ४५ बलमा अविजित ७४ रन बनाउनुभयो भने अकिम अगस्टेले अविजित ४१ रन बनाउनुभयो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल १९.५ ओभरमा १२२ रनमा अलआउट भयो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाउनुभयाउनुभयो। त्यस्तै कप्तान रोहित पौडेलले १७, सन्दीप जोराले १४ र कुशल मल्लले १२ रन बनाए ।
सुरुवात राम्रो गरेर पावरप्लेमा ३७.० को अवस्थामा रहेको भएपनि नेपालले त्यसपछि थप ९० रन पनि नजोड्दा सबै विकेट गुमायो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *