असोज ३० गते
नेपालले आईसीसी टी २० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा ओमानलाई ३८ रनले हराएको छ । नेपालले अपराजित यात्रा कायमै राखेको छ। नेपालले १५२ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाएर ११३ रन मात्र बनाउन सक्यो। नेपालले ४ खेलमा ८ अंक जोडेर छनोट प्रतियोगिताको शीर्षस्थानमा उक्लिएको छ। नेपालले आईसीसी टी २० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा अपराजित यात्रा कायमै राखेको छ ।
नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाएर ११३ रन बनायो । ओमानका लागि विनायक शुम्लाले १९ बलमा सर्वाधिक ३२ रन बनाउनुभयो। मोहम्मद नदीमले २५ रन बनाउनुभयो ।
नेपालका लागि गुल्शन झाले ४ ओभरमा २४ रन दिएर ३ विकेट लिनुभयो । नन्दन यादव र सोमपाल कामीले २।२ विकेट लिए भने सन्दीप लामिछानेले १ विकेट लिनुभयो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर कुशल भुर्तेलको संयमित अर्धशतक मद्दतमा २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनाएको थियो । भुर्तेलले ५१ बलमा ६९ रन बनाउनुभयो । आसिफ शेखले २४ रन बनाउनुभयो । गुल्शन झाले २ छक्कासहित १८ तथा आदिल आलमले १६ रन बनाउनुभयो । अन्यबाट उल्लेख्य योगदान हुन सकेन । राम्रो सुरुवात गर्दै पावरप्लेमा ५३ रन जोड्दा कुनैपनि विकेट नगुमाएको नेपालले त्यसपछि नियमित अन्तरालमा विकेट गुमाएको थियो ।
ओमानका लागि नदीम खानले ४ ओभरमा २० रन दिएर ४ विकेट लिनुभयो । त्यस्तै शुफिया मेहमुद र जितेन रामानन्दीले २।२ विकेट लिएनुभयो।
नेपाल र ओमान दुवै विश्वकपमा छनोट भइसकेका छन् । आजको जितपछि नेपाल ४ खेलमा ८ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ ।
नेपालले आइतबार यूएईलाई तथा सोमबार कतारलाई हराएको थियो । ओमानले पनि आइतबार कतार र सोमबार यूएईलाई हराएको थियो ।
नेपालले अब शुक्रबार सामोआसँग खेल्नेछ ।

