ब्रेकिङ न्युज
Sun. Apr 19th, 2026

बिभेदमा पारिएका समुदायको जिविकोपार्जन सुधार परियोजनाको सामाजिक लेखा परिक्षण

प्रबृत्ति शाह
३० भदौ

दलित सेवा संघले बिभेदमा पारिएका समुदायको जिविकोपार्जन सुधार परियोजनाको दोस्रो चरणको सामाजिक लेखा परिक्षण कार्यक्रम सोमबार तुलसीपुर सम्पन्न भएको छ । विकास कोष नर्बेको आर्थिक सहयोगमा दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १३ र बबई गाँउपालिका वडा नम्वर ४,५,६ र ७ नम्वर वडामा सञ्चालन गरिएको ३ वटा कार्यक्रमका बारेमा लाभग्राहीहरुको सहभागितामा सामाजिक लेखा परिक्षण गरिएको संस्थाका अध्यक्ष लिला बि.क.ले जानकारी दिनुभयो ।
सामाजिक लेखा परिक्षण कार्यक्रममा संस्थाका छवी परियारले सञ्चालन गरिएका कार्यक्रम मध्ये ग्रामिण घरधुरीको पोषण तथा खाद्य सुरक्षामा सुधारकार्यक्रम अन्तर्गत लिज २० जना , सेमी १६० जना , १० जना घरबगैचा लगाएत समुहहरुले नियमित तरकारी खेती अन्नबालीको खेती फलफुल र पशुपंछि पालनगरी उत्पादन गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, खाएर बाँकी गर्ने गरेका छन् । खाद्य तथा पोषण सम्बन्धी अभिमुखीकरण बाट समुहका सदस्यहरुले खाद्य पदार्थमा मिसावट,पोषणयुक्त खानेकुराको बारेमा जानकारी पाउनुको साथै स्वास्थ्य सरसफाई नियमित स्वास्थ्य परिक्षण वालवालिकाको खोप को बारेमा जानकारी पाएका छन । भने समुहका सदस्यहरुले भाडा सुकाउने टाँरी का साथै पानी जम्मा गर्ने जुठेल्नो पनि तयार गरेका छन ।
यस्तै, ग्रामिण घरधुरी विशेषगरी महिला, युवा र सिमान्तकृत समुदायको आर्थिक सशक्तिकरणमा बृद्धि भएको भएको छ । परियोजना संचालन भए देखि २० वटा समुहमा ३४४जना आबद्ध भएको र संगठित भई नियमित रुपमा बचत जम्मा गर्ने बानी बसालेका छन् । दाङमा संस्थाले उपलब्ध गराउने प्रत्येक सामाग्रीहरु को २५ प्रतिसत रकम बाट बबई का ६ वटा समुहबाट रु २ लाख ४४ हजार ७ सय ४५ र सहकारीमा जम्मा छ र तुलसीपुर १३ का ७ वटा समुहमा २ लाख ६ हजार तीन सय गरी जम्मा ११ वटा समुह बाट रु ४ लाख ५१ हजार ७४५ रुपैया जम्मा भएको छ । उहाले भन्नुभयो दलित परम्परागत सिप बिकास अन्तरगत तालिम लिई ब्यबसाय गरेका युवाहरु निरन्तर ब्यबसायमा रहेका छन । समुहका सदस्यहरुले सहकारी मार्फत १४ लाख ९७ हजार ५ सय ७५ समुह मार्फत २१ लाख ३८ हजार सहित ३६ लाख ८० हजार ५७५ ऋण लगानीमा रहेको छ । जसबाट सदस्यहरुले होटेल, किराना पसल, फलफुल पसल, ग्रील उद्योग , ब्युटिपार्लर ब्यबसाय भैसी बाख्रा बंगुर चल्ला कुखुरा पालन सहित केहिमात्रामा घरखर्च र औषधी उपचार खर्च मा खर्च गरेका छन ।
ग्रामिण समुदायको आवश्यक्ता, अधिकार र प्राथमिकाको आधारमा सरकारको श्रोत र कानुनी संरचनाको आधारमा सुधार भएको छ । दलित सेवा संघ लगाएतको पहलमा तुलसीपुर उपमहानगर पालिकाले दलित ससक्तिकरण बिधयक पारित गरी कार्यान्वयनको लागी १० लाख बजेट बिनियोजन गरेको छ । बबई गाउँपालिका वडा नं. ७ बाट जुनतारा कृषक समुह बबई ७ ले हाम्रो पहलमा माघी महोत्सब को लागी रु २ लाख रकम ल्याएर माघी महोत्सब सम्पन्न गरेको छ भने पालिकाको ७ लाख को सहयोगमा सानो पक्की पुल र ५० आर सी सी कुलो निर्माण गरेको छ । त्यस्तै,हरियाली समुह बबई ५ खैरभट्टीमा बबई कृर्षि शाखा बाट रु ७० हजारको मिनिटिलर, कृषि ज्ञान केन्द्र घोराही बाट प्रगतीसिल लिज हस्तनापुरमा रु १ लाखको पलास्टीक टनेल सामाग्री सहित आफै तयार गरिदिएको छ भने बबई गापाको १ एकलाख ५० हजार र दलित सेवा संघ को ३ लाख ५५ हजारको साझेदारीमा १३६ मिटर कुलो तथा ९ मिटर पक्की बाध निर्माण गरिएको छ जसबाट १३५ घर परिवार लाभाम्बीत भएका संस्थाका कार्यक्रम संयोजक परियारले जानकारी दिनुभयो । संस्थाले सम्पन्न गरेका कार्यक्रमको बारेमा लाभग्राहीहरुले प्रशंसा गरेका थिए । त्यसअवसरमा शारदा नेपाली,साहारा बि.क.,तेजबहादुर परियार लगायतले जिज्ञाशा राख्नुभएको थियो ।
सामाजिक लेखा परिक्षण संस्थाका अध्यक्ष लिला बि.क. को अध्यक्षतामा भएको थियो भने सहजिकरण पत्रकार एबं अधिकारकर्मी सुशील बस्नेतले गर्नुभएको थियो ।
३१ औ बार्षिक साधारण सभा र बार्षिकउत्सव
यसैबिच, दलित सेवा संघले तुलसीपुरमा सोमबार ३१ औ बार्षिक साधारण सभा तथा बार्षिकत्सव मनाएको छ । संस्थाका अध्यक्ष लिला बि.क.को अध्यक्षता एबम बबई गाँउपालिकाका पूर्व उपाध्यक्ष साबित्रा बि.क.को प्रमुख आतित्थ्यतामा बार्षिक उत्सव मनाईएको हो । सो अवसरमा दलित अगुवा जोगेन्द्र बिश्वकर्मा,दाङ तुलसीपुर सुन चाँदी ब्यबसायी संघका महासचिव तुलसीराम सुनार, पत्रकार दिपक बोहरा, दलित समुदायका अगुवा जे.एल. बिश्वकर्मा लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका सचिव सन्तोष चनाराले सांगठनीक र कोषाध्यक्ष किरण बिश्वकर्माले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुृभएको थियो । कार्यक्रमको सञ्चालन सचिव सन्तोष चनाराले गर्नुभएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *