बिभेदमा पारिएका समुदायको जिविकोपार्जन सुधार परियोजनाको सामाजिक लेखा परिक्षण

By Sushil Basnet ३० भाद्र २०८२, सोमबार १३:५७ ३० भाद्र २०८२, सोमबार १३:५७ ३० भाद्र २०८२, सोमबार १३:५७

प्रबृत्ति शाह
३० भदौ

दलित सेवा संघले बिभेदमा पारिएका समुदायको जिविकोपार्जन सुधार परियोजनाको दोस्रो चरणको सामाजिक लेखा परिक्षण कार्यक्रम सोमबार तुलसीपुर सम्पन्न भएको छ । विकास कोष नर्बेको आर्थिक सहयोगमा दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १३ र बबई गाँउपालिका वडा नम्वर ४,५,६ र ७ नम्वर वडामा सञ्चालन गरिएको ३ वटा कार्यक्रमका बारेमा लाभग्राहीहरुको सहभागितामा सामाजिक लेखा परिक्षण गरिएको संस्थाका अध्यक्ष लिला बि.क.ले जानकारी दिनुभयो ।
सामाजिक लेखा परिक्षण कार्यक्रममा संस्थाका छवी परियारले सञ्चालन गरिएका कार्यक्रम मध्ये ग्रामिण घरधुरीको पोषण तथा खाद्य सुरक्षामा सुधारकार्यक्रम अन्तर्गत लिज २० जना , सेमी १६० जना , १० जना घरबगैचा लगाएत समुहहरुले नियमित तरकारी खेती अन्नबालीको खेती फलफुल र पशुपंछि पालनगरी उत्पादन गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, खाएर बाँकी गर्ने गरेका छन् । खाद्य तथा पोषण सम्बन्धी अभिमुखीकरण बाट समुहका सदस्यहरुले खाद्य पदार्थमा मिसावट,पोषणयुक्त खानेकुराको बारेमा जानकारी पाउनुको साथै स्वास्थ्य सरसफाई नियमित स्वास्थ्य परिक्षण वालवालिकाको खोप को बारेमा जानकारी पाएका छन । भने समुहका सदस्यहरुले भाडा सुकाउने टाँरी का साथै पानी जम्मा गर्ने जुठेल्नो पनि तयार गरेका छन ।
यस्तै, ग्रामिण घरधुरी विशेषगरी महिला, युवा र सिमान्तकृत समुदायको आर्थिक सशक्तिकरणमा बृद्धि भएको भएको छ । परियोजना संचालन भए देखि २० वटा समुहमा ३४४जना आबद्ध भएको र संगठित भई नियमित रुपमा बचत जम्मा गर्ने बानी बसालेका छन् । दाङमा संस्थाले उपलब्ध गराउने प्रत्येक सामाग्रीहरु को २५ प्रतिसत रकम बाट बबई का ६ वटा समुहबाट रु २ लाख ४४ हजार ७ सय ४५ र सहकारीमा जम्मा छ र तुलसीपुर १३ का ७ वटा समुहमा २ लाख ६ हजार तीन सय गरी जम्मा ११ वटा समुह बाट रु ४ लाख ५१ हजार ७४५ रुपैया जम्मा भएको छ । उहाले भन्नुभयो दलित परम्परागत सिप बिकास अन्तरगत तालिम लिई ब्यबसाय गरेका युवाहरु निरन्तर ब्यबसायमा रहेका छन । समुहका सदस्यहरुले सहकारी मार्फत १४ लाख ९७ हजार ५ सय ७५ समुह मार्फत २१ लाख ३८ हजार सहित ३६ लाख ८० हजार ५७५ ऋण लगानीमा रहेको छ । जसबाट सदस्यहरुले होटेल, किराना पसल, फलफुल पसल, ग्रील उद्योग , ब्युटिपार्लर ब्यबसाय भैसी बाख्रा बंगुर चल्ला कुखुरा पालन सहित केहिमात्रामा घरखर्च र औषधी उपचार खर्च मा खर्च गरेका छन ।
ग्रामिण समुदायको आवश्यक्ता, अधिकार र प्राथमिकाको आधारमा सरकारको श्रोत र कानुनी संरचनाको आधारमा सुधार भएको छ । दलित सेवा संघ लगाएतको पहलमा तुलसीपुर उपमहानगर पालिकाले दलित ससक्तिकरण बिधयक पारित गरी कार्यान्वयनको लागी १० लाख बजेट बिनियोजन गरेको छ । बबई गाउँपालिका वडा नं. ७ बाट जुनतारा कृषक समुह बबई ७ ले हाम्रो पहलमा माघी महोत्सब को लागी रु २ लाख रकम ल्याएर माघी महोत्सब सम्पन्न गरेको छ भने पालिकाको ७ लाख को सहयोगमा सानो पक्की पुल र ५० आर सी सी कुलो निर्माण गरेको छ । त्यस्तै,हरियाली समुह बबई ५ खैरभट्टीमा बबई कृर्षि शाखा बाट रु ७० हजारको मिनिटिलर, कृषि ज्ञान केन्द्र घोराही बाट प्रगतीसिल लिज हस्तनापुरमा रु १ लाखको पलास्टीक टनेल सामाग्री सहित आफै तयार गरिदिएको छ भने बबई गापाको १ एकलाख ५० हजार र दलित सेवा संघ को ३ लाख ५५ हजारको साझेदारीमा १३६ मिटर कुलो तथा ९ मिटर पक्की बाध निर्माण गरिएको छ जसबाट १३५ घर परिवार लाभाम्बीत भएका संस्थाका कार्यक्रम संयोजक परियारले जानकारी दिनुभयो । संस्थाले सम्पन्न गरेका कार्यक्रमको बारेमा लाभग्राहीहरुले प्रशंसा गरेका थिए । त्यसअवसरमा शारदा नेपाली,साहारा बि.क.,तेजबहादुर परियार लगायतले जिज्ञाशा राख्नुभएको थियो ।
सामाजिक लेखा परिक्षण संस्थाका अध्यक्ष लिला बि.क. को अध्यक्षतामा भएको थियो भने सहजिकरण पत्रकार एबं अधिकारकर्मी सुशील बस्नेतले गर्नुभएको थियो ।
३१ औ बार्षिक साधारण सभा र बार्षिकउत्सव
यसैबिच, दलित सेवा संघले तुलसीपुरमा सोमबार ३१ औ बार्षिक साधारण सभा तथा बार्षिकत्सव मनाएको छ । संस्थाका अध्यक्ष लिला बि.क.को अध्यक्षता एबम बबई गाँउपालिकाका पूर्व उपाध्यक्ष साबित्रा बि.क.को प्रमुख आतित्थ्यतामा बार्षिक उत्सव मनाईएको हो । सो अवसरमा दलित अगुवा जोगेन्द्र बिश्वकर्मा,दाङ तुलसीपुर सुन चाँदी ब्यबसायी संघका महासचिव तुलसीराम सुनार, पत्रकार दिपक बोहरा, दलित समुदायका अगुवा जे.एल. बिश्वकर्मा लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका सचिव सन्तोष चनाराले सांगठनीक र कोषाध्यक्ष किरण बिश्वकर्माले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुृभएको थियो । कार्यक्रमको सञ्चालन सचिव सन्तोष चनाराले गर्नुभएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *