प्रबृत्ति शाह
दाङ,चखौरा २९ असार
लुम्बिनी प्रदेशका अल्पसंख्य,सिमान्कृत र लोपउन्मुख समुदायलाई सहयोग गर्न प्रदेश स्तरीय सहयोगी समुह गठन गरिएको छ ।
शनिबारदेखि शुरु भएको प्रदेश स्तरीय नीति सञ्जालको २ दिने कार्यशाला गोष्ठिमा सहभागि लुम्बिनी प्रदेशको सामाजिक बिकास समिति सभापति र सदस्य ,कानून समिति सदस्य र अर्थ समितिका सदस्य लगायत बिभिन्न क्षेत्रका प्रतिनिधीको सहभागि रहेको सहयोगी समुह गठन गरिएको हो ।
राज्यको मुल प्रबाहिकरणमा अल्पसंख्यक,सिमान्कृत र लोपउन्मुख समुदायलाई राज्य ब्यबस्थामा पहँच पुग्न वातावरण निर्माणका लागि सहयोगी समुहले भूमिका खेल्ने छ । यी समुदाय र वर्गलाई माथि उठाउन आ आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता समेत कार्यक्रममा जनाईएको छ । संवाद समुहका बरिष्ठ सहजकर्ता सुशील बस्नेतका अनुसार समितिमा लुम्बिनी प्रदेश सामाजिक विकास समितिका सभापति यामप्रसाद नेपाली सार्की,सामाजिक विकास समितिका सदस्य रेखा शर्मा, कानून समितिका सदस्य सुशीला नेपाली बादी र जमुना ढकाल,अर्थ समितिका सदस्य हेमा बेल्बासे हुनुहुन्छ । समितिमा कानून ब्यबसायि, नीजि क्षेत्र, भूगोल, नागरिक समाज, पत्रकार, गैरसरकारी संघसंस्था लगायतका प्रतिनिधीहरुको सहभागिता रहेको छ । सहभागि प्रदेश सभाका जमुना ढकाल,रेखा शर्मा, यामप्रसाद नेपाली सार्की, हेमा बेल्बासे लगायतले आ आफ्नो तर्फबाट यी समुदायका लागि आवाज उठाउने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा सहभागि द एशिया फाउण्डेसनका डिपुटि कन्ट्री रेप्रीजेन्टीभ प्रीति थापाले नेटवर्क,सहयोगी समुह,नीजि क्षेत्र लगायतको सहकार्य र समन्वयमा काम गर्न सके यी सवाल सम्बोधन हुने बिश्वास ब्यक्त गर्नुभयो ।
संवाद समुहले बिगत २ बर्षदेखि राज्यको मुल प्रबाहीकरणमा आउन नसकेका समुदाय,वर्ग र भूगोलका नागरिकको एउटा नीति सञ्जाल गठन गरेको छ । जसमा चिडीमार, नटुवा, सोना, कुसुण्डा, बादि, गन्दर्व, मुस्लीम, कुमाल,यौनिक तथा लैङिक अल्पसंख्यक, यादव,जेष्ठ नागरिक ,अपाङगता र थारु महिला लगायत रहेका छन् । नीति सञ्जालले उक्त समुदायलाई नीति निर्माण,बजेट निर्माण र कार्यान्वयनमा सहभागिता गराउदा संघीयता कार्यान्वयनको अनुभूति हुने अपेक्षा गरेको छ ।
यस अघि संवाद समुहले राजनीतिक अधिकारका लागि संवाद, पहिचानका सवालमा संवाद, संबिधानमा जातजाति, लिङ,धर्म,भाषा,संस्कृति लगायतको अधिकार सुनिश्चीताको लागि संवाद, संबिधान सभाको निर्वाचन तोकिएको समयमा गर्नुपर्ने, संबिधान कार्यान्वयन,प्राकृतिक श्रोत ब्यबस्थापन र उपयोगका सवाल लगायतमा संवाद गराई सवालको ब्यबस्थापन र रुपान्तरण गर्दै आएको छ । पछिल्ला दिनमा पछाडी पारिएको वर्ग समुदायको हरेक क्षेत्रमा पहँच र अर्थ पूर्ण सहभागिताका लागि नीति संवाद गराउदै आएको छ । अभिमुखिकरणको श्रोत ब्यक्तिको रुपमा लेखक एवम अभियान्ता जिबी बिश्वकर्माले गर्नुभएको थियो ।

