तुलसीपुर,२४ जेठ
तुलसीपुर,२४ जेठ
सीड संस्थाले आफ्ना कर्मचारी र कार्यसमिति(बोर्ड कमिटि)लाई क्षमता विकास सम्बन्धि तालिम शनिबार तुलसीपुरमा प्रदान गरेको छ । डिकेए अष्ट्रियाको आर्थिक सहयोग एवम सीड संस्थाको आयोजनामा एक दिने तालिममा संस्थालाई थप स्फुुर्तिकरण करण कसरी गराउन सकिन्छ भन्ने बिषय केन्द्रित रहेको संस्थाका संस्थापक एबम कार्यकारी निर्देशक भागीराम चौधरीले जानकारी दिनुभयो ।
तालिममा संस्थाको उदेश्य,लक्ष्य,परिकल्पनालाई पुरा गर्न कसरी योजना बनाउने, नेतृत्वमा रहेका ब्यक्तिबाट संस्थाको स्फुर्तिकरणका लागि सोच,ब्यबहार र रणनीतिक कस्तो अपनाउने भन्नेबारेमा केन्द्रित रहेको चौधरीले बताउनुभयो ।
बोर्ड कमिटिदेखि फिल्डमा खटिएका कर्मचारी समेत गरि झण्डै १९ जनाको तालिममा सहभागिता रहेको थियो । तालिम उद्घाटन कार्यक्रममा संस्थाका अध्यक्ष राममोति चौधरीले तालिमले बोर्ड कमिटि र कर्मचारीलाई उर्जा प्रदान गर्ने बिश्वास ब्यक्त गर्नुभयो । तालिमको प्रशिक्षकमा पत्रकार एबम अधिकारकर्मी सुशील बस्नेत हुनुहुन्थ्यो ।

