जेठ २१
मंगलबार भएको फाइनल खेलमा पन्जाब किङ्ग्सलाई ६ रनले पराजित गर्दै बेङ्गलुरुले पहिलो पटक उपाधि जितेको छ ।
अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा एक सय ९१ रनको लक्ष्य पछ्याएको पन्जाबले ७ विकेट गुमाउँदै एक सय ८४ रन मात्र बनाउन सक्यो । पन्जाबका सशंक सिंहले सर्वाधिक ६१ रन बनाउनुभयो । बेङ्गलुरुका भुवनेश्वर कुमार र कुर्नाल पाण्ड्याले समान २ विकेट लिनुभयो ।
त्यसअघि टस हारेर पहिले व्याटिङको निम्तो पाएको बेङ्गलुरुले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ९० रन बनाएको थियो ।
बेङ्गलुरुका लागि विराट कोहोलीले सर्वाधिक ४३ रन बनाउनुभयो । पन्जाबका कायल जेमीन्सन र अर्शदिप सिंहले समान ३ विकेट लिनुभयो ।
लिग चरणमा पन्जाब पहिलो र बेङ्गलुरु दोस्रो स्थानमा रहेका थिए । पहिलो क्वालिफायरमा पन्जाबलाई हराउँदै बेङ्गलुरु फाइनलमा पुगेको थियो ।
पन्जाबले दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई हराउँदै फाइनलमा पुगेको थियो । यसअघि अहिलेसम्म ७ टोलीले आईपीएल जितेकोमा बेङ्गलुरु आईपीएलको ८औं च्याम्पियन टिम बनेको छ ।
आईपीएल क्रिकेटको उपाधि बेङ्गलुरुलाई, पन्जाब ६ रनले पराजित

