२० जेठ, काठमाडौं ।
यातायात व्यवसायीहरुले सार्वजनिक यातायात आज मंगलबार दोस्रो दिन बिहानैदेखि बन्द गरेका छन् । सडकमा आएरै सार्वजनिक यातायातका साधन बन्द गराउन हिड्ेका हुन । सोमबार सरकार सँग भएको बार्ता कार्यान्वयन नहुदा सम्म सार्वजनिक यातायातका साधन नचलाउने उनीहरुको भनाई छ । बार्ता आज मंगलबार बिहान १० बजे हुने गरि तयारी भएको बताइएको छ ।
दाङमा रातो प्लेट नम्वरका सवारी साधन र्निबिबाद सञ्चालनमा छन भने कालो प्लेट पूर्णरुपमा अवरुद्ध छन् । हिजो सोमबार सरकार र यातायात ब्यबसायी बिच भएको बार्ता पछि बन्दको कार्यक्रम फिर्ता लिन सहमत भएका हुन ।सोमबार राति सरकारी वार्ता टोली र सार्वजनिक यातायात व्यवसायीका प्रतिनिधिबीच भएको तेस्रो चरणको वार्तामा यो सहमति भएको हो ।
रातो नम्बर प्लेटका सवारी साधनले पनि यात्रु बोक्न पाउने गरी गण्डकी प्रदेश सरकारले ल्याएको राइडसेयरिङ नियमावली स्थगन गर्न प्रधानमन्त्री कार्यालयले गण्डकी प्रदेश सरकारलाई पत्राचार गर्न तयार भएपछि यातायात व्यवसायीहरु पनि देशव्यापी चक्काजामको कार्यक्रम फिर्ता लिन सहमत भएका हुन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले प्रधानमन्त्री कार्यालयले जति चाँडो गण्डकी प्रदेश सरकारलाई पत्राचार गरेर गण्डकी प्रदेश सरकारले नियमावली स्थगन गर्छ, त्यति चाँडो आफूहरुले चक्काजामको कार्यक्रम फिर्ता लिने बताएउनुभयो ।
वार्ताका लागि गठन भएको कार्यदलले सहमति भएका विषय समेटेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गर्ने, मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई पत्राचार गर्ने, प्रधानमन्त्री कार्यालयले गण्डकी प्रदेश सरकारलाई पत्राचार गर्ने र गण्डकी प्रदेश सरकारले नियमावली स्थगन गर्ने सहमति भएको स्वाँरको भनाइ छ ।
सरकारी वार्ता टोलीका संयोजक एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्ण पन्थले आफूहरुकोतर्फबाट जिम्मेवारी पूरा भएको भन्दै सम्भवतः मंगलबार कार्यालय खुल्नासाथै पत्राचारको काम हुने र यातायात बन्द पनि फिर्ता हुने विश्वास व्यक्त गर्नुभयो ।
गण्डकी प्रदेश सरकारले राइड सेयरिङ र सेल्फ ड्राइभलाई मान्यता दिँदै नियमावली जारी गरेपछि गत शुक्रबारदेखि यातायात व्यवसायीहरुले गण्डकीमा सार्वजनिक यातायात ठप्प पारेका थिए । उनीहरुले सोमबार देशभर नै सार्वजनिक यातायात ठप्प पारे थिए ।

