बुटवल , जेठ १४

बुटवलमा एकै परिवारका तीन जनाको हत्या भएको छ । बुटवलस्थित होराइजन चोकमा दुई छोरी सहित आमाको विभत्स हत्या गरिएको हो । 

करिब ३४ वर्षकी दीपा बस्याल र छोरीहरु सात वर्षीया स्नेहा र चार वर्षीया हिमानीको हत्या भएको रुपन्देही प्रहरीले जनाएको छ । पुर्ब पति सुजन कोइरालाले हत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । सुजन दीपाका पूर्वपति रहेको बताइएको छ । उहाहरुको सम्बन्ध विच्छेद केही वर्ष पहिले भएको थियो ।

सुजन कोइरालाले यसअघि आफ्नै दाजुको हत्या अभियोगमा जेल सजाय भएका तर केही वर्षपहिले उहालाई कैद माफी दिइएको बताइएको छ । पूर्वपति सुजनले घरमै बोलाएर पूर्वश्रीमती र छोरीहरुको हत्या गरेको प्रहरीले जनाएको छ ।

सम्बन्ध विच्छेदपछि दीपाले अर्का युवासँग विहे गर्नुभएको थियो। विहेपछि दुई छोरीको जन्म भएको थियो ।  रुपन्देही प्रहरी प्रवक्ता सुरज कार्कीका अनुसार घटनाको अनुसन्धान जारी छ

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *