ब्रेकिङ न्युज
Sat. Apr 18th, 2026

११ जेठ

रोशनी शाही मृत फेला पर्नु भएको छ । उहा आइतबार भक्तपुरमा मृत फेला पर्नुभएको छ । 

सूर्यविनायक नगरपालिका बालकोटस्थित वृहस्पति मार्गमा डेरा गरी बस्ने उहा कोठाभित्रै मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिनुभयो  । 

घटनास्थलमा प्रहरी पुगेको छ भने श्रीमान विराटनगरमा रहेकाले आउन लागेको बताइएको छ । 

२०७६ असोजमा संसद सचिवालयमा कार्यरत रोशनीले आफूमाथि तत्कालीन सभामुख कृष्ण बहादुर महराले बलात्कार प्रयास गरेको आरोप लगाउनुभएको थियो । तत्कालीन सभामुख महरामाथि लागेको बलात्कार आरोपले नेपाली राजनीतिक वृत्तमा व्यापक हलचल ल्याएको थियो।

महराले मादक पदार्थ सेवन गरेर आफू बसोबास गरिरहेको कोठामा आएर जबरजस्ती गर्न खोजेको उनको आरोप थियो ।  घटना सार्वजनिक भएपछि उहाले  सभामुख पदबाट राजीनामा दिनुपरेको थियो भने लगत्तै पक्राउ पर्नुभएको थियो  । 

कानुनी प्रक्रियाअनुसार मुद्दा काठमाडौं जिल्ला अदालतमा पुग्यो। तर, अदालती बयानक्रममा पीडितले आफ्नो प्रारम्भिक आरोप फेर्नुभेको थियो भने जसका कारण मुद्दाको प्रवाहलाई निर्णायक मोडमा पुर्‍यायो।

अन्ततः २०७६ फागुनमा जिल्ला अदालत काठमाडौंले कृष्णबहादुर महरालाई सफाइ दिँदै रिहा गरेको थियो 

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *