तीनकुने घटनामा एक सय आठ जनाविरूद्ध मुद्दा चलाउनुपर्ने राय

By Sushil Basnet ११ जेष्ठ २०८२, शनिबार ०१:११ ११ जेष्ठ २०८२, शनिबार ०१:११ ११ जेष्ठ २०८२, शनिबार ०१:११

जेठ १०
काठमाण्डौको तीनकुनेमा गएको चैत १५ गते राजतन्त्रपक्षधरहरुको आन्दोलनमा भएको हिंसात्मक प्रर्दशनका बिरुद्ध एक सय आठ जनालाई मुद्दा चलाउनुपर्ने रायसहित जिल्ला प्रहरी परिसर काठमाण्डौले हिजो जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको छ ।
प्रहरीले हिंसात्मक प्रदर्शनका क्रममा पक्राउ परेकाहरूमाथि अनुसन्धान सकेर प्रतिवेदन बुझाएको हो ।
सरकारी वकिलको कार्यालयले प्रहरी प्रतिवेदनलाई अनुसन्धान र विश्लेषण गरेर भोलिसम्म अभियोगपत्र दायर गर्ने तयारी गरेको छ ।
प्रहरीले आपराधिक उपद्रव, सङ्गठित अपराध, राज्यविरुद्धको कसूर, कर्तव्य ज्यानमुद्दा, ज्यान मार्ने उद्योगलगायतमा मुद्दा प्रस्ताव गरेको छ ।
प्रहरीले यस घटनामा आपराधिक उपद्रव र सङ्गठित अपराधमा ६१ जना र राज्यविरुद्धको कसूरमा २९ जनामाथि अनुसन्धान गरिरहेको थियो ।
त्यसमध्ये आपराधिक उपद्रव, सङ्गठित अपराधमा अनुसन्धानमा रहेका ३४ जना र राज्यविरुद्धको कसूरमा रहेका तीन जना हाजिरी जमानीमा छुटेका छन् ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री एवम् सांसद धवलशमशेर राणालाई हाजिरी जमानीमा राखिएको छ भने दुर्गा प्रसाईं हिरासतमै हुनुहुन्छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *