वैशाख २६
भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले फर्केको एक साता नपुग्दै भाजपा नेता भगतसिंह कोश्यारीले काठमाडौं उत्रनसाथ राजनीतिक भेटघाट सुरु गर्नुभएको छ ।
कोश्यारीले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई खुमलाटारस्थित उनकै निवासमा पुगेर भेटघाट गरेपछि साँझ गृहमन्त्री रमेश लेखकसँग मन्त्री निवासमा डिनरसहित भेटघाट भएको थियो । भारत र पाकिस्तानबीच तनाःव बढिरहेका बेला कोश्यारीले सत्ता र विपक्षी नेताहरुलाई भेटनुभएको हो । नेपालसँगको खुला सीमाको आतंकवादीहरुले दुरुपयोग गर्न सक्ने भन्दै कोश्यारीले गृहमन्त्री लेखकसँग सुरक्षास्थितिका बारेमा संवाद गनुृभएको थियो ।
नेपाल मामिलामा जानकारसमेत रहेका कोश्यारी नेपाल–भारत सीमा पुनरावलोकन लगायतका समस्याका विषयमा सुझाव दिने सम्बन्धमा गठित प्रबुद्ध व्यक्ति समूह (इपेजी)को भारतका संयोजकसमेत हुनुहुन्छ ।
गृहमन्त्री रमेश लेखकका अनुसार कोश्यारीले नेपाल(भारत सम्बन्धलाई विकसित गरेर लैजानुपर्ने बताउनुभएको थियो । पहलगाममा भएको आतंकवादी हमलापछि दुई देशबीच तनाव बढिरहेका बेला कोश्यारिले गृहमन्त्री लेखकसँग सुरक्षास्थितिबारे चासो राख्नुभएको थियो । नेपालको भूमि छिमेकीको विरुद्ध प्रयोग गर्न दिँदैनौं । नेपाल भारत सम्बन्धलाई थप विकसित गर्नुपर्छ भन्ने पक्षमा सरकार छ,ु भेटपछि गृहमन्त्री लेखकले भन्नुभयो ।

