१७ वैशाख, काठमाडौँ ।
शिक्षक महासंघले सरकार समक्ष ९ बुँदे प्रस्ताव पेश गरेको छ । उक्त प्रस्ताव मन्त्रिपरिषद्बाट पास भएमा शिक्षक महासंघले आन्दोलनको शैली फेर्ने बताएको छ । मंगलबार अवेर राति सम्म सिंहदवार स्थित शिक्षा मन्त्रालयमा भएको आन्दोलनरत शिक्षक महासंघ र सरकारबीचको वार्ता बिना निष्कर्ष सकिएको छ ।
२८ दिनदेखि जारि आन्दोलनबाट हामी सहमतिको नजिक पुगेका छौ । बुधबार बिहान महासंघको बैठक बसेर आन्दोलनको मोडालिटीबारे निर्णय गर्छौं,’ महासंघ महासचिव तुलाबहादुर थापाले भन्नुभयो, ‘हाम्रो मागहरू ९ बुँदामा पेश गरेका छौँ। वार्ता भोलि टुंगो लाग्छ ।’
उहाका अनुसार कक्षा १२ को परीक्षा तोकिएकै समयमा हुनेछ ।
लामो समय सार्वजनिक शिक्षा प्रभावित भएपछि सरकारले माग सम्बोधनका लागि केही तदारुकता देखाए पनि शिक्षकको अडानका कारण सहमति हुन सकेको छैन ।
यसअघि निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले यिनै विषय समावेश गरेर ७ बुँदे तयार गर्नुभएको थियो । जसको लागि सरकारको ८ अर्ब रुपैयाँ खर्च हुने थियो ।
शिक्षक महासंघले सहमतिका लागि अघि सारेका ९ बुँदे माग
विद्यालय कर्मचारी र ईसीडीका शिक्षकको तलब,सामाजिक सुरक्षा कोष,दुर्गम भत्ता,ग्रेड समायोजन,मर्यादा क्रम,अस्पतालमा शिक्षकको उपचारमा छुटको व्यवस्था,निमावि प्रथम र मावि द्वितीयबीच तलबमा समानता बनाउने,राहत शिक्षक लगायत माग रहेका छन् ।

