दाङ,२४ मंसिर
कुशासन र भ्रष्टाचार बिरुद्ध ब्यापक नागरिक दवाव आबश्यक रहेको दाङमा आयोजीत कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले ७५ औ अन्तराष्ट्रिय मानव अधिकार दिवसको सन्र्दभमा आयोजना गरेको लोकतन्त्रको प्राण ः सुशासन र सद्भाव बिषयक नागरिक संकल्प कार्यक्रममा राजनीतिक दलका नेताहरु र नागरिक समाजका प्रतिनिधिहरुले बताएका हुन । अन्तराष्ट्रिय मानव अधिकार दिवसको सन्र्दभमा साता ब्यापी कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको नागरिक संकल्पमा ऐक्यबद्धता जनाउदै लोकतन्त्रमा धमिरा लगाउने मुख्य कारक शासन पद्धतीमा बिकृति र भ्रष्टचारले प्रसय पाउनै रहेको बताएका छन् ।
कार्यक्रममा एकिकृत समाजबादी पार्टीका केन्द्रिय सदस्य एवम संबिधान सभा सदस्य अनारकली मियाले सरकार गठन भई जिम्मेवारी राम्रो सँग निर्वाह गर्न नपाउदै सरकार ढाल्ने पद्धती नै खराव रहेको बताउनुभयो ।
नेपाली काग्रेस दाङका सहसचिव राजु आचार्यले मंसिर ७ गते एक समुहले राजधानीमा गरेको आन्दोलनमा प्रसय दिने काम हरेक पार्टीको आन्तरिक कलह र प्रणालीगतरुपमा हुन नसक्नुको परिणामले भएको बताउनुभयो । अव पार्टी भित्रै सुशासन र पारर्दशिता आबश्यक छ,आचार्यले भन्नुभयो ।
राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यले नागरिक संकल्प कार्यक्रम यो अबस्था र परिस्थीतिलाई अध्ययन गर्दा ब्यापक रुपमा सडक केन्द्रित हुनुपर्ने सुझाब दिनुभयो ।
नागरिक समाज दाङका सल्लाहकार टिकाराम रेग्मीले राजनीतिक नेतृत्वको सम्पत्तिलाई छानविन गर्नुपर्नेमा जोड दिदै सार्वजनिक पद बाहल गरेका सबैको सम्पत्ति बिबरण सार्वजनिक हुनुपर्ने बताउनुभयो ।
मानव अधिकार तथा शान्ति समाजका निर्वतमान केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेतले शान्ति समाजले तयार पारेको अबधारण माथि उठेका प्रस्न र प्रतिकृयालाई स्पष्ट पार्नुभएको थियो भने कार्यक्रममा नागरिक संकल्पको संक्षेपिकरण समेत गर्नुभएको थियो । सो अवसरमा दलित अधिकारकर्मी युवा करारले पनि केहि सुझाब दिनुभएको थियो ।
शाखाका कार्यबाहक सभापति कोमल डिसीको सभापतित्वमा भएको कार्यक्रममा अवधारणा पत्र केन्द्रिय सचिव निर्मल नेपालीले प्रस्तुत गर्नुभएको थियो । स्वागत मन्तब्य कोषाध्यक्ष यज्ञ बिक र सहजिकरण सचिव अमृत शर्माले गर्नुभएको थियो । शान्ति समाजले अन्तराष्ट्रिय मानव अधिकार दिवसको सन्र्दभपारि देशका बिभिन्न जिल्लामा नागरिक संकल्प कार्यक्रम गर्दै आएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *