१२ वैशाख

एक महिनाको भित्र लुम्बिनी प्रदेशका १२ जिल्लामा ४ सय २ वटा दुर्घटना भएका छन् । १२ वटै जिल्लामा चैतमा ४०२ वटा दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रमुख दानबहादुर कार्कीले जानकारी दिनुभयो ।
फागुनभन्दा चैतमा भने दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या घटेको छ । फागुनमा ३९ जनाको मृत्यु भएको थियो । दुर्घटनाबाट दाङ र रूपन्देहीमा सबैभन्दा धेरै १० । १० जनाको मृत्यु भएको छभने पाल्पा, रोल्पा र रुकुमपूर्वमा मृत्युको सङ्ख्या शून्य छ ।
बाँकेमा सात, कपिलवस्तु, बर्दिया, नवलपरासी पश्चिम र अर्घाखाँचीमा तीन(तीन जनाको मृत्यु भएको छभने प्यूठानमा दुई र गुल्मीमा एक जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रमुख कार्कीले बताउनुभयो ।साथै दुर्घटनाबाट सात सय ४५ जना घाइते भएका छन् ।
सबै भन्दा बढि ६० प्रतिशत मोटरसाइकल दुर्घटना हुने गरेको छ । उहाका अनुसार बस ४।३६ प्रतिशत, कार र जीप ८.७१ प्रतिशत, ट्रक, ट्याङ्कर २.६१ प्रतिशत, माइक्रो १.२२ प्रतिशत, टिपर १.९२ प्रतिशत, ट्रयाक्टर ४.७० प्रतिशत, ट्याम्पो ७.४९ प्रतिशत र साइकल ८.०१ प्रतिशत दुर्घटना भएका छन् ।
धेरै ठाउँमा सडक स्तरवृद्धि नभएको तथा खाल्डाखुल्डीले सडक र चालककै कारण धेरै दुर्घटना भइरहेको प्रदेश प्रहरीले जनाएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *