पुजा गुप्ता के.सी.
तुलसीपुर,३१ चैत
दाङ भ्याली माध्यामिक बिद्यालय तुलसीपुरमो कक्षा १२ मा अध्ययनरत बिद्यार्थीहरुलाई बिदाई समारोहको आयोजना गरिएको छ । कक्षा ११ मा अध्ययनरत बिद्यार्थीहरुले आफ्ना सिनियर बिद्यार्थीहरुका लागि बिदाई समारोह आयोजना गरेका हुन । कक्षा १२ को परिक्षा दिई उच्च शिक्षाको खुडकिला तर्फ लागेका आफ्ना सिनियरहरुलाई बिदाई कार्यक्रम आयोजना गरिएको बिद्यालयका कक्षा ११ का बिद्यार्थी दिपेश ओलीले जानकारी दिनुभयो ।
शनिबारको बिदाई कार्यक्रम, कक्षा ११ का बिद्यार्थी दिपेश ओलीको अध्यक्षता एवम बिद्यालय सञ्चालक समितिका अध्यक्ष तिलक साहुको प्रमुख आतिथ्यता तथा अमर माध्यामिक बिद्यालय तुलसीपुरका सहायक प्रधानाध्यापक यज्ञ अधिकारीको बिशिष्ट आथित्यतामा भएको थियो ।
सो अवसरमा बोल्ने बक्ताहरुले बदाई कार्यक्रमले बिद्यार्थी,शिक्षक शिक्षीका र अभिभावक बिच समधुर सम्बन्ध बढ्ने बिश्वास ब्यक्त गरेका थिए । कार्यक्रममा सांस्कृतिक कार्यक्रमहरु समेत गरिएको थिए । बिदाई कार्यक्रममा स्वागत मन्तब्य कक्षा ११ का बिद्यार्थी मोनिका ओलीले र सहजिकरण कक्षा ११ कै बिद्यार्थी समर्पण बिष्टले गर्नुभएको थियो ।
दाङ भ्याली माबिमा बिदाई समारोह

