२८ चैत
आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच आज साँझ ५ बजे वार्ता हुने भएको छ । आन्दोलनरत नेपाल शिक्षक महासंघ र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय बिच आज बिहीबार साँझ ५ बजे बार्ता हुदैछ । मन्त्रालयले शिक्षक महासंघलाई वार्ताका लागि बोलाएको हो ।
यसअघि पटक(पटक बोलाउँदा पनि महासंघ वार्तामा गएको थिएन । तर, आजको छलफलमा सहभागी हुने महासंघले जनाएको छ ।
‘मन्त्रालयले शिक्षा विधेयकमा छलफल गर्न बोलाएको महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले बताउनुभयो ।
३ बजेसम्म आन्दोलनकै कार्यक्रम भएकाले त्यसपछि मात्र छलफलमा जाने उहाले बताइन् ।
आजको छलफलमा शिक्षक महासंघले आफ्नो कुरा राख्ने बताइएको छ । महासंघले ऐन जारी गर्न तीन वटा विकल्प दिएको छ । संसद्को विशेष अधिवेशन बोलाउने, बर्खे अधिवेशन छिटो बोलाउने वा अध्यादेशबाट ऐन जारी गर्न महासंघले भनेको छ ।
महासंघले सहअध्यक्ष पराजुलीको संयोजकत्वमा वार्ता टोली बनाएको छ ।
वार्ता, संवाद र आन्दोलन सँगसँगै अघि बढाउने भन्दै उनीहरूले २० चैतदेखि सुरु भएको आन्दोलनलाई आज पनि जारी राखेका छन् । माइतीघरदेखि बिजुलीबजार पुलसम्मको मुख्य सडक कब्जा गरेर आन्दोलन गर्दै आइरहेको शिक्षकहरूले आजदेखि भने सडक नै कब्जा गरेर आन्दोलन गरिरहेको छ ।
तीन वटै लेन कब्जा गरेर प्रदर्शन गर्न खोज्दा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेलको अवस्था सिर्जना भएको थियो ।
शिक्षक महासंघ र सरकारबीच ५ बजे वार्ता हुदै

