बिजौरी, तुलसीपुर
चैत २०
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १८ले वडाबासी महिलाहरुका लागि सुरक्षित गर्भवती स्वास्थ बच्चा सम्बन्धि अभिमुखिकरण बुधबारदेखि दिन शुरु गरेको छ । बिभिन्न स्थानमा टोल टोलबाट महिलाहरुलाई सहभागि गराई स्वस्थ आमा र स्वस्थ शिशु अभियान सञ्चालन गरिएको वडा अध्यक्ष माधव वलीले जानकारी दिनुभयो ।
एक एक दिने उक्त अभिमुखिकरणमा गर्भवति आमाले खानुपर्ने पोषिले बस्तु,शिसुलाई दिनु पर्ने ध्यान,खोप लगायतका बिषय बस्तुहरु सिकाईएको तुलसीपुर उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन महाशाखाका प्रमुख ओप पि न्यौपानेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, आमा,हजुर आमा तथा किशोरीहरुलाई कसरी स्वस्थ आमा र शिशु बनाउने भनि जानकारी गराएका छौ । सोही तालिममा पत्रकार एवम अधिकारकर्मी सुशील बस्नेतले महिलाहरुको अधिकार र स्वास्थ्यमा पहँचका बिषयमा प्रशिक्षण दिनुभएको थियो ।
तुलसी सामाजिक बिकास केन्द्रको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १८ को आर्थिक सहयोगमा शुरु भएको अभिमुखिकरण कार्यक्रम ओदबहादुर भण्डारी (गणेश)को अध्यक्षता तथा वडा नम्वर १८ का अध्यक्ष माधव वलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजिकरण सोही संस्थाका सुभम देवकोटाले गर्नुभएको थियो ।

