ब्रेकिङ न्युज
Fri. May 29th, 2026

लुम्बिनीमा १३ देखि १७ वर्ष उमेर समूहका ६.१ प्रतिशत मानसिक स्वास्थ्यबाट ग्रस्त्

१७ चैत

नेपालमा मानसिक स्वास्थ्य समस्या तीब्र रूपमा बढ्दै गएको छ । राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण, २०७७ अनुसार, १३ देखि १७ वर्ष उमेरका ५.२ प्रतिशत किशोरकिशोरीहरू मानसिक स्वास्थ्य समस्याबाट ग्रस्त छन् । २.८ प्रतिशत मा चिन्ताजन्य समस्या, ०.६ प्रतिशतमा डिप्रेसन, ३.९ प्रतिशतमा आत्महत्यासम्बन्धी सोच देखा परेको छ । १८ वर्ष माथिका व्यक्तिहरूमध्ये १० प्रतिशतमा मानसिक स्वास्थ्य समस्या छ । ३ प्रतिशतमा चिन्ताजन्य समस्या, २.९ प्रतिशतमा डिप्रेसन, ०.२ प्रतिशतमा साइकोसिस, ७.२ प्रतिशतमा आत्महत्या सम्बन्धी सोच देखिएको छ ।
लुम्बिनी प्रदेशमा १३ देखि १७ वर्ष उमेर समूहका ६.१ प्रतिशत किशोरकिशोरीहरू मानसिक स्वास्थ्य समस्याबाट ग्रस्त छन् । त्यस्तै, १८ वर्षमाथिका १३ प्रतिशत व्यक्तिले जीवनमा एक पटक मानसिक स्वास्थ्य समस्या भोग्ने सम्भावना रहेको अध्ययनहरूले देखाएका छन् ।
मानसिक स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै स्वास्थ्य केन्द्रहरूमा आवश्यक सेवा प्रवाह गर्ने, मनोसामाजिक परामर्शको प्रभावकारी कार्यान्वयन गर्न विद्यालय, समुदाय र कार्यस्थलमा कार्यक्रम सञ्चालन गर्ने, मानसिक रोगको रोकथाम र सचेतना कार्यक्रम अघि बढाउन मानसिक स्वास्थ्यलाई अन्य सामान्य स्वास्थ्य सेवासँग जोड्ने, आत्महत्या रोकथामका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने, जसले जोखिममा परेका समूहहरूको पहिचान र सहयोग गर्नेछ । लागूऔषध नियन्त्रण र पुनस्र्थापना केन्द्रहरूको सुदृढीकरण गरिने रणनीतिक योजनामा समेटिएको छ । स्वास्थ्य मन्त्रालयको नेतृत्वमा तयार गरिएको लुम्बिनी प्रदेश मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति प्रदेश सरकारको नेतृत्वमा स्थानीय तह र स्वास्थ्य विकास साझेदार संस्थासँगको समन्वय, सहकार्य र समन्वयमा गरिने सीएमसी नेपालका नीति, रणनीति तथा सुशासन प्रमुख हिमाल गैरेले बताउनुभयो ।

रणनीतिक मानसिक स्वास्थ्य स्थापना गर्ने प्रदेश सरकारको मार्गदर्शन गर्ने महत्वपूर्ण दस्तावेज हो । २०८६ सम्मको पाँच वर्षे रणनीतिक कार्ययोजना निर्माणमा जस्तै कार्यान्वयनमा समेत सीएमसी नेपालले प्राविधिक सहयोग गर्ने मस्यौदा प्राविधिक कार्यसमूहका विज्ञ सदस्य समेत रहनुभएका गैरेले जानकारी दिनुभयो । विभिन्न चरणमा प्रदेशसभाका सदस्य, प्रहरी, विषयगत मन्त्रालयलगायत सरोकारवाला निकायहरु सँगको पटक–पटकको राय, पृष्ठपोषणसहित विज्ञहरुको प्राविधिक टोलीको उपस्थितिमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना तयार गरिएको प्राविधिक कार्यसमूहका संयोजकसमेत रहेका स्वास्थ्य मन्त्रालयका नीति, योजना तथा जनस्वास्थ्य महाशाखा प्रमुख नोदनारायण चौधरीले बताउनुभयो । अब यो रणनीतिक कार्ययोजना कार्यान्वयन आउने जनाइएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *