ब्रेकिङ न्युज
Fri. May 29th, 2026

तुलसीपुर रक्षाचौर,१३ चैत
नेपाल नेत्रज्योति संघ,दाङ शाखाले २१ औ बार्षिक साधारण सभा बधबार तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ स्थीत राप्ती आँखा अस्पताल परिसरमा सम्पन्न गरेको छ । साधारण सभा मार्फत संघले आगामी सन् २०३० अर्थात २०८६ साल सम्म आत्मनिर्भर बन्ने जानकारी गराएको छ । सभामा प्रस्तुत प्रतिबेदनमा संघले आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजको कार्यक्रमलाई सन् २०३० अर्थात बि.स. २०८६ सम्ममा आत्मनिर्भर बनाउने लक्ष्य रहेको सचिव घनश्याम सुबेदीले जानकारी दिनुभयो ।
यस्तै, एन.ए.बि.पी नर्वे संग सन् २०२५ देखि सन् २०२९ सम्मका लागी थप नँया सम्झौता भई सकेकोले आँखा स्वास्थ्य सेवालाई थप विकास र बिस्तार गर्ने,छिमेकी र तेस्रो मुलुकसंग केन्द्रीय नेत्रज्योति संघको समन्वयमा प्राविधिक ज्ञान तथा सीपहरुको आदान प्रदानलाई निरन्तरता,लमहीमा नाक,कान र घाँटी सेवाको अस्पताल निर्माण गरिने,बिभिन्न संघसंस्था,स्थानीय निकाय,प्रदेश सरकार, दातृ निकाय,स्थानीय दाता र कम्पनीहरु बिच साझेदारी कार्यक्रम गर्ने र राप्ती आँखा अस्पतालमा भारतीय राजनदुतावास र तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा अत्याधुनिक शल्यक्रिया भवन शिल्यान्स भईसकेको र निर्धारित समयमा नै निर्माण कार्य सम्पन्न गर्ने लगायतका २० वटा रणनीतिक योजना बनाईएको जानकारी गराईएको थियो ।
२०३४ साल चैत १३ गते नेत्रज्योति संघको स्थापना भएको थियो । स्थापना भएको स्मृतिमा ४७ औ स्थापना दिवस समेत साधारण सभामा बिधिवत रुपमा मनाईएको छ । राप्ती आँखा अस्पताल भने २०४३ सालमा स्थापना भएतापनि २०४५ साल माघ १९ गते उद्घाटन गरिएको थियो ।
यसैबिच,राप्ती आँखा अस्पतालका प्रशासन प्रमुख शम्सेर थापाका अनुसार २०८१ जेठ १ गतेदेखि फागुण मसान्त सम्म अर्थात १० महिना अबधिमा २ लाख ३० हजार ८ सय २५ जनालाई ओ.पि.डि सेवा मार्फत आँखाको उपचार गरिएको छ । नेत्र ज्योति संघ अन्तर्गत राप्ती आँखा अस्पतालबाट ५१ हजार ७ सय ३९ जना, लमही आँखा अस्पतालबाट ३१ हजार ३ सय ९९ जना, छन्द(कालेबाबु) नारायणी आँखा अस्पतालबाट २८ हजार ३ सय ५१ जना र आँखा उपचार केन्द्रहरुबाट ४८ हजार ४ सय ६७ जनाले ओ.पि.डि. आँखा उपचार पाएका छन् ।
संघका अध्यक्ष कृष्णकुमार गिरीको अध्यक्षता एवम जिल्ला समन्वय समितिका संयोजक नित्यान्द शर्माको प्रमुख आतिथ्यतामा भएको साधारण सभा उद्घाटन सत्रमा राप्ती आँखा अस्पतालको मुलगेट निर्माणमा सहयोग पुृरयाउनुहुने श्याम प्रसाद आचार्य दम्पत्ति र धु्रवराज गौतम दम्पत्तिलाई सम्मान गरिएको थियो । अस्पतालको हाताभित्र चौतारो निर्माण गरिदिनुभएका गोर्खा ग्रुप प्रा.लि.का अध्यक्ष बिष्णु प्रसाद घर्तीलाई सम्मान गरिएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *