ब्रेकिङ न्युज
Thu. Feb 12th, 2026

सर्वोच्चको निर्देशनात्मक आदेश, मानसिक स्वास्थ्य सेवा सुधार गरी पालिकासम्म विस्तार गर्नु

वैशाख १३

सर्वोच्च अदालतले राष्ट्रिय मानसिक स्वास्थ्य नीति, २०५३ लाई परिमार्जन गरी सङ्घीय व्यवस्था अनुकूल हुने गरी अस्पतालहरूमा कार्य सञ्चालन गर्न आदेश दिएको छ ।
न्यायाधीश हरिप्रसाद फुयाल र नृपध्वज निरौलाको संयुक्त इजलासले सङ्घस्तरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तर्गत छुट्टै मानसिक स्वास्थ्य महाशाखा र प्रदेश स्तरमा स्वास्थ्य निर्देशनालयअन्तर्गत मानसिक स्वास्थ्य शाखा स्थापना तथा पालिका स्तरमा जिल्ला अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालय इकाइ र सम्पर्क व्यक्तिहरू यथाशक्य चाँडो नियुक्ति गरी कार्यसञ्चालन गराउन आदेश हो ।
सर्वोच्चले शारिरिक स्वस्थ्यसरह मानसिक स्वास्थ्य सेवालाई पनि समानस्तरमा व्यवहार गर्न आदेश दिँदै त्यसतर्फ पनि निश्चित बजेट व्यवस्थापन गर्न भनेको छ ।
सरकारले मानसिक स्वास्थ्यको क्षेत्रमा प्राथमिकता नदेखिएको र मानसिक समस्या भएकाहरूले उपचार पाउन कठिन भएको भनी दायर रिट निवेदनमा सर्वोच्चले निर्देशनात्मक आदेश दिएको हो ।
मानसिक स्वास्थ्य सेवालाई पालिका सरकारले उपलब्ध गराउने सामुदायिक सेवा, स्वास्थ्य बीमा, अपाङ्गता परिचयपत्र, रोजगारी अनि सङ्घ र प्रदेशका अन्तरसम्बन्धित सेवासँग जोड्न सर्वोच्चको आदेश छ ।
सर्वोच्चले सङ्घीय तथा प्रदेश मातहतका सबै अस्पतालहरुमा मनोचिकित्सक, मनोविद्, नर्स अनि मानसिक स्वास्थ्यका सामाजिक कार्यकर्ता अनि साइकोथेरापिष्टको व्यवस्था गर्नु भनी आदेश दिएको छ ।
ती अस्पतालहरूमा ओपीडी तथा वार्ड सेवाको शुरुवात गर्न तथा शारीरिक स्वस्थ्यसरह मानसिक स्वास्थ्य सेवालाई पनि समानस्तरमा व्यवहार गर्न आदेश दिँदै त्यसतर्फ पनि निश्चित बजेट व्यवस्थापन गर्न सर्वोच्चले भनेको छ ।
मानसिक समस्याका कारण परनिर्भर भएका व्यक्तिहरूलाई समुदायिमा आधारित पुनस्र्थापना गर्न भन्दै सर्वोच्चले उनीहरूलाई आफ्नै परिवार र समुदायमा पुनस्थापना गर्ने कार्यक्रममा अग्रसर हुन आदेश दिएको छ ।
यस्तै मानसिक स्वास्थ्यका क्षेत्रमा देखिएका अन्धविश्वास र कलङ्कलाई न्यूनीकरण गर्न सर्वोच्चको आदेश छ ।
सर्वोच्च अदालतले मानसिक स्वास्थ्य समस्यासँग सम्बन्धित सबै कानूनहरूलाई मानव अधिकार मैत्री बनाउन तथा विभेदकारी कानून पनि संशोधन गर्न भनेको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *