ब्रेकिङ न्युज
Sat. Apr 18th, 2026

दलित परिवारको घर भत्काएको घटनामा गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष पक्राउ

चैत ९
सिराहको औरही गाँउपालिकामा दलित परिवारको घरमा डोजर चलाएको घटनामा औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव पक्राउ पर्नुभएको छ । उहाहरुसँग सोधपुछ गर्ने काम भइरहेको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
महायज्ञ मूल आयोजक समितिका संयोजकसमेत रहेका गाउँपालिका अध्यक्ष शिवजी र औरही– ५ का पूर्ववडाध्यक्षसमेत रहेका समितिका सचिव दिलीपकुमारको उपस्थितिमा दीपक मल्लिक डोमको घर भत्काएको आरोप छ ।
महात्यागी भनिने बजरंगी बाबाको निर्देशनमा घर भत्काइएको थियो भने घरले चर्चेको जग्गाको माटोसमेत ताछेर फ्याँकिएको थियो । दलित परिवारलाई बस्नको लागि अलग्गै टहरो बनाइएको छ ।
३० वर्षदेखि बस्दै आएको विपन्न डोम परिवारलाई ‘जनता आवास कार्यक्रम’ ले गाउँपालिकाकै समन्वयमा पाँच वर्षअघि केन्द्र सरकारको बजेटमा दुईकोठे पक्की घर बनाइदिएको थियो । तर गएको फागुन १० गते गाउँपालिकाकै डोजर लगाएर घर भत्काइएको हो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *