तुलसीपुर,४ चैत
तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्वमा नेपाली काग्रेसले बिजय हासिल गरेको छ । मत परिणाम अनुसार अध्यक्ष पदमा यमकान्त भण्डारी बिजय हुनुभएको हो । उहाँले २ हजार ९ सय ६९ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा माओबादीको गठबन्धनका तर्फबाट उम्मेदवार सिताराम शर्मा आचार्यले २ हजार ३ सय ८१ मत प्राप्त गर्नुभएको छ । प्रतिस्पर्धाको तेस्रो तहमा राप्रपा सँग गठबन्धन गरेका नेकपा एमालेका उम्मेदवार मनोज लामिछानेले एक हजार २ सय १३ मत प्राप्त गर्नुभयो । भण्डारी यो दोस्रो कार्यकालका लागि पुन ः निर्वाचित हुनुभएको हो ।
नेकपा एमाले र राप्रपाको गठबन्धनबाट सचिव पदका उम्मेदवार भुवन भुषालले १ हजार ४ सय ५१ मत प्राप्त गरि बिजय हुनुभएको छ । अन्य सवै पदमा एक्लै निर्वाचनमा उत्रिएको नेपाली काग्रेसले जित हासिल गरेको छ । काग्रेसको तर्फबाट उपाध्यक्ष पदका उम्मेदवार नारायण प्रसाद शर्माले २ हजार ७ सय ६ मत प्राप्त गरि बिजय हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेसँगको गठबन्धन मध्येको राप्रपाका लक्ष्मण केसीले १ हजार ९ सय ३ मत प्राप्त गर्नुभयो । त्यस्तै माओबादी गठनबन्धनका राष्ट्रिय जनमोर्चाका उम्मेदवार दुर्गा प्रसाद भण्डारीले १ हजार ४ सय २० मत प्राप्त गर्नुभयो ।
यस्तै, सचिव पदमा राप्रपा सँग गठबन्धन गरेको नेकपा एमालेका उम्मेदवार भुवन भुषाल बिजय हुनुभएको छ । उहाँले २ हजार ४ सय ५१ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी नेपाली काग्रेसका उम्मेदवार रञ्जनकुमार गौतमले २ हजार ४ सय १३ मत प्राप्त गर्नुभयो । भने माओबादी गठबन्धनका नेकपा९ बिप्लप० समुहका उम्मेदवार रुद्धबहादुर वलीले १ हजार ९७ मत प्राप्त गर्नुभयो ।
सर्वाधिक मत प्राप्त गरि नेपाली काग्रेसका तर्फबाट कोषाध्यक्ष पदका उम्मेदवार भोला प्रसाद थापाले ३ हजार २ सय ६८ मत प्राप्त गरि बिजय हुनुभएको छ । उहाँका प्रतिस्पर्धी राप्रपासँग गठबन्धनका नेकपा एमालेका उम्मेदवार सुशीला न्यौपानेले १ हजार ४ सय २३ मत प्राप्त गर्नुभयो भने नेकपा माओबादी तथा गठबन्धनका उम्मेदवार कर्णबहादुर वलीले १ हजार २ सय ६ मत प्राप्त गर्नुभयो ।
त्यस्तै,सदस्य पदमा नेपाली काग्रेसका तर्फबाटै सबै उम्मेदवार बिजय भएका छन् । जसमा प्रमोद कुमार योगी९शरद० २ हजार ५ सय ७,बुद्धिराम चौधरीले २ हजार एक सय २० मत प्राप्त गरि बिजय हुनुभएको छ । त्यस्तै महिला सदस्य सुष्मा अधिकारीले २ हजार ४ सय ५९, लुमा बुढा मगरले २ हजार ३ सय ८५ र शारदी सार्कीले २ हजार १ सय ४८ मत प्राप्त गर्नुभभएको निर्वाचन समितिका संयोजक प्रदिप कुमार धितालले जानकारी दिनुभयो । ३ बर्षे कार्यकालका लागि भएको निर्वाचनमा ७ हजार १ सय ८२ मतदान गरेका थिए ।
